Siraha Times
ताजा समाचार

लहान नगरपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • जेठ १६, २०८२
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १३ जेठ । लहान नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ पहल स्वरूप नगरका १० वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ। यसै सन्दर्भमा विद्यार्थीहरूको अध्ययनमा सहजता पुर्‍याउने उद्देश्यले नगरपालिकाले आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ। आज एक कार्यक्रमका बीच लहान नगरपालिकाका मेयर महेश चौधरीले ती विद्यालयका प्रधानाध्यापकहरूलाई कापी, पेन्सिल, रेजरलगायतका सामग्रीहरू हस्तान्तरण गरेका हुन्। उक्त सामग्रीहरू विद्यार्थीहरूलाई वितरण गरिनेछ।

कार्यक्रममा बोल्दै मेयर चौधरीले शिक्षाको गुणस्तर वृद्धि गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै अंग्रेजी माध्यमबाट अध्ययन–अध्यापनको थालनीले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। “सार्वजनिक विद्यालयलाई समेत निजी स्तरको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने हाम्रो लक्ष्य हो,” मेयर चौधरीले भने, “त्यसका लागि संरचना, पठनपाठनको गुणस्तर र आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइरहेका छौं।”

यस वर्षबाट सुरु गरिएको अंग्रेजी माध्यमको कक्षाले क्रमशः अन्य कक्षाहरूमा पनि विस्तार गर्ने योजना रहेको नगर शिक्षा शाखाले जनाएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा नगरका विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिति थियो। शिक्षा क्षेत्रको सुधारका लागि लहान नगरपालिकाको यो कदमलाई स्थानीयवासी र अभिभावकले स्वागत गरेका छन्। उनीहरूको अनुसार सरकारी विद्यालयमै गुणस्तरीय र आधुनिक शिक्षा पाउने सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१