Siraha Times
ताजा समाचार

लहान नगरपालिका–२१ की एकल महिला सितादेवीलाई मेयर चौधरीबाट राहत सहयोग

  • जेठ १६, २०८२
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १६ जेठ । लहान नगरपालिका २१ माधोपुरकी एकल महिला सितादेवी रामको परिवारलाई घरमै पुगेर खाद्यान्न राहत हस्तान्तरण गरिएको छ। आर्थिक अवस्था अत्यन्तै कमजोर र पछिल्लो समय दैनिक गुजारा गर्नसमेत कठिन भइरहेको खबर पाएपछि लहान नगरपालिकाका मेयर महेश चौधरी स्वयम् पीडितको घर पुगेर सहयोग प्रदान गरेका हुन्।

मेयर चौधरीले नगरपालिकाको तर्फबाट सितादेवीलाई १ क्विन्टल चामल, दाल, नुन, तेल, सोयाविन, चना र मटर लगायतका खाद्य सामग्री सहयोग गरेका छन्। राहत सामग्री हस्तान्तरण गर्दै मेयर चौधरीले समाजका कमजोर र विपन्न वर्गलाई प्राथमिकतामा राखेर नगरपालिका अगाडि बढिरहेको बताए। “अहिलेको आवश्यकता खान र बस्न हो। हामीले तत्काल खाद्यान्न सहयोग गरेका छौं। अब उहाँको घर निर्माणका लागि पनि आवश्यक सहयोग नगरपालिकाबाट हुनेछ,” मेयर चौधरीले भने।

सितादेवी राम लामो समयदेखि जीवनयापनका लागि संघर्ष गर्दै आएकी एकल महिला हुन्। उनको परिवारमा आयआर्जनको कुनै स्थायी स्रोत छैन। केही समययता उनी छोराछोरीसहित अभावको जीवन बिताउँदै आएकी छिन्। यस्ता पीडित नागरिकको पहिचान गरी सहयोग पुर्‍याउनु स्थानीय सरकारको दायित्व भएको मेयर चौधरीले बताए।

स्थानीयवासीले पनि मेयरको यो कार्यको प्रशंसा गरेका छन्। “दुखीको घरमै पुगेर सहयोग गर्नु ठूलो कुरा हो। मेयरज्यूको यो कार्य उदाहरणीय छ,” एक स्थानीय समाजसेवीले भने। लहान नगरपालिका हाल सामाजिक न्याय र समावेशीतामा आधारित सेवा प्रवाहमा जोड दिँदै आएको छ। नगरको विभिन्न वडामा राहत, पुनर्निर्माण र आयआर्जनमूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१