Siraha Times
ताजा समाचार

राजनितिक खबरदारी तथा हस्ताक्षर कार्यक्रम गरी मनाइयो गणतन्त्र दीवस

  • जेठ १६, २०८२
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास, लाहान जेठ १६ । अन्तर पुस्ता महिलावादी मञ्च अनुपम अभियान सिरहाले आज देशव्यापी रुपमा गणतन्त्र दीवसको अवसरमा अन्तरपुस्ता महिलावादी मञ्चको आवश्यकता, राजनीतिक खवरदारीको महत्व र प्रकृया तथा आगामी वर्षको कार्यदिशा लगायत राजनीतिक सशक्तिकरणको विषयमा जानकारी दीदै सिरहामा प्रतिबद्धता हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।

राज्यको हरेक तहमा महिलाको राजनीतिक सहभाहिता सुनिश्चित गराउन तथा “८४ मा महिला पहिला” भन्ने मुल नाराका साथ हस्ताक्षर अभियान संचालन गरीएको छ । देशव्यापी अनुपम अभियान संचालन गर्नुको मुख्य कारण राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरि स्वाभिमानी र आत्म निर्भर विकासमा टेवा दिनु रहेको अन्तरपुस्ता महिलवादी मञ्चका अनुपम अभियन्ता धिरेन्द्र साहले बताएका थिए ।

नेपाल को अन्तरिम संबिधान २०७२ को धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हक सुनिश्चित गरेको छ । यस अनुसार, हरेक निकायमामा ३३ प्रतिसत महिलाको सहभागिता अनिवार्य रहने ब्यबस्था गरिएको छ । तर यो कानुन संविधानको किताबमा मात्र सिमित रहेको सर्वविदीतै छ । योसंग वाझिएको अन्य धारा, ऐन, नियमहरु संशोधन गरी महिलाको अर्थपुर्व सहभागिता सुनिश्चितता गराउन दबाव दिने उदेश्यले अभियान संचालन गरेको आयोजकले जनाएका थिए । 

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१ प्रतिसत महिला रहेको देखिन्छ । तर नेतृत्व तहमा महिला सहभागिता निकै कम देखिन्छ । २०७४ र २०७९ सालको स्थानीय तहको निर्बाचनमा ७५३ पालिका मध्ये १७ पालिकामा मात्र महिलाको समानुपातिक सहभागिता भएको देखिन्छ । जुन कुल प्रतिसतको २.५ प्रतिसत मात्र भएको पाइएको छ । 

पछाडी फर्केर हेर्ने हो भने संसारमा जहाँ महिलाले नेतृत्व गरेको छ त्यहाँ बिबाद, भ्रष्टाचार र अनियमित्तता एकदमै न्यून रहेको देखिन्छ जसले राष्ट्रको विकाशमा अहम भुमिका खेलेको देखिन्छन् । त्यसैले अब को अभियान महिलाहरुको समानुपातिकको आधारमा महिला नेतृत्व हुनुपर्छ भन्ने ब्यापक कुरा उठाइएको थियो । स्थानिय महिला स्थानीय रन्जु पासमानले अबको स्थानीय तहको चुनाबमा हामी बाट महिला पहिला हुनेछ भन्ने एक्यबद्धता जनाउनु भएको थियो । त्यस्तै यो अभियान बाट तराइ मधेश समृद्धिको बाटो तर्फ लाग्छ भन्ने बिश्वास रहेको स्थानीय वासि राम सोभित पासवानले बताउदै अभियान सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१