Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • जेठ १५, २०८२
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १५ जेष्ठ । वीरगंज स्थित नेशनल मेडिकल कलेजमा वीरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य नेशनल मेडिकल कलेजले नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न स्वास्थ्य सेवाहरू जस्तै: स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार, क्षयरोग (टीबी) कार्यक्रम, खोप सेवा, कर्मचारी सञ्चय कोष सेवा बारे जानकारी दिनु रहेको थियो।

सो कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा र प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी रहेका थिए। उनले नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरे तापनि धेरै नागरिकहरूले यसको लाभ लिन नसकेको भन्दै स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्ना वडामा यसबारे जनचेतना फैलाउन आग्रह गरे। साथै, आगामी दिनमा मधेश प्रदेशका आठ जिल्लाका स्वास्थ्य चौकीहरूसँग यस्तै अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी समेत दिएका थिए।

कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१