Siraha Times
ताजा समाचार

बिरनगरमा २५ लाखको लागतमा पीसिसी सडक ढलान सुरु

  • जेठ १२, २०८२
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेष्ठ १२ गते । ढाेढना लहान–१५ को बिरनगर टोलमा पीसिसी सडक ढलान कार्यको शिलान्यास गरेको छ। नगर प्रमुख चौधरीले बुद्ध जयन्तीको अवसरमा लाग्ने मेलामा ट्राफिक व्यवस्थापन सहज बनाउन सडक ढलानको कार्य प्राथमिकतामा राखिएको जानकारी दिए । पर्यटन प्रवर्द्धनसँगै गाउँको पूर्वाधार विकासमा टेवा पुर्याउने मेयर चौधरीको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ। नगर प्रमुख महेश प्रसाद चौधरी, वडा अध्यक्ष तेजनारायण चौधरी, पत्रकार तथा उपभोक्ता समिति प्रतिनिधिहरूको उपस्थितिमा २५ लाखको लागतमा २८१ मिटर सडक निर्माण कार्यको औपचारिक सुरुवात गरिएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष तेजनरायन चौधरीले सो सडक राजदेबी मेला स्थलसम्म जाने प्रमुख शाखा सडक भएकाले यसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै कृषि तथा पशुपालन कार्यका लागि मुत्नी जङ्गलसम्म पहुँच सजिलो हुने बताए। उनले भने, “यो सडक निर्माणले गाउँको समग्र विकासमा टेवा पुग्नेछ।” स्थानीय बासिन्दाहरूले सडक ढलान भएपछि वर्षायामको हिलो र हिउँदको धुलोबाट मुक्ति पाउने खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१