Siraha Times
ताजा समाचार

बिकासको गति लिन नसक्ने फेटा गाउँपालिकामा पोखरीको गोप्य टेन्डर भएको खुलासा

  • जेठ १२, २०८२
  • १०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया बारा १२ जेष्ठ । सामुदायिक बिधालयको ब्यवस्थापन सामितीको बैठक जस्तै पोखरीको टेन्डर गरि भागबन्डा गरिएको बारे रहस्य उजागर भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन बर्षमा फेटा गाउपालिकामा बिधालय ब्यवस्थापन समिति जस्तै पोखरीको टेन्डर गरि भागबन्डा गरिएको बारे रहस्य उजागर भएको हो । 

फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन बर्षमा गोप्य बैठक अर्थात बन्द कोठा भित्र बैठक गरि बिधालय ब्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने गरेको जस्तै पोखरीको टेन्डर गरि आफ्नै कार्यकर्तालाई उपहार स्वरूप प्रदान गरिएको आरोप लागेको छ । फेटा गाउँपालिका वडा नम्बर ७ गम्हरिया टोलको पडेर्वा पोखरी सङ्गै पनपियहवा पोखराको गोप्य टेन्डर गरि उपहार स्वरूप आफ्नै कार्यकर्तालाइ प्रदान गरिएको स्थानीयहरूले आरोप लगाएका छन । 

पोखरीको टेन्डर गर्दा स्थानीय वडावासीलाई सहभागिता गराउदै टेन्डर प्रकृया प्रावधान अगाडी बढाउनुको साट्टो बन्द कोठा भित्र टेन्डर गरि ४५ लाखमा जाने पोखरी २४ लाखमा आफ्नै पिएसओलाई प्रदान गरिएको स्थानीयले बताउछन । स्थानीयले जनाए अनुसार मेयर रूस्तम अन्सारीको पिए मानिएका मनोज गुप्तालाइ ४५ लाखमा टेन्डर हुने पनपियहवा पोखरी मात्र २४ लाखमा प्रदान गरिएको स्थानीयहरूले दुखेसो पोखे । 

कागजी प्रकृया अनुसार दुरूस्त गरेपनी मेयर र उपमेयरको भागबन्डाका अनुसार दुइवटा पोखरीको गोप्य टेन्डर भएको खुलेको छ । मेयर रूस्तम अन्सारी र उपमेयर निलम साहको भागबन्डा नमिले पश्चात् लामो समयदेखी चल्दै आएको बिवाद पोखरीको गोप्य टेन्डरले मिलेको कुरा व्यापक चर्चाको बिषय बनेको छ । आफ्नो भागबन्डामा केही नमिलेको कारण कार्यालय समेत अनुपस्थित हुँदै आएका उपमेयर निलम साह हालको समयमा नियमित गाउँपालिकामा उपस्तिथि हुन थालिएकी हुन । 

यस बिषयमा फेटा गाउँपालिका वडा नम्बर ७ का निर्वाचित वडा अध्यक्ष पप्पु सिंहले पोखरीको टेन्डर बिषयमा आफुलाइ जानकारी नै नगराइ गोप्य टेन्डर गराएको आरोप लगाउनु भयो । आफू दुर्घटनमा परि घाइते भएको बेला पालिकाले के कसरी टेन्डर प्रकृया भएको बिषयमा जुहारी चलेपनी केही गर्न नसकेको स्विकार्नु पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१