Siraha Times
ताजा समाचार

नाम मात्रको भर्ना अभियान, विद्यालय सुनसान पशुपति माविमा विद्यार्थी छैनन्, शिक्षण अस्तव्यस्त

  • जेठ १०, २०८२
  • १०९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले सरकारी विद्यालयको शिक्षामा देखिएको लापरवाही र बेवास्ता खुलाएको छ। विद्यार्थी भर्ना अभियान चलिरहेको बेला विद्यालय सुनसान देखिनु चिन्ताको विषय बनेको छ। शुक्रबार नगरप्रमुख महेश प्रसाद चौधरी र शिक्षा शाखा प्रमुख अमिरी यादव विद्यालयमा अनुगमनका लागि पुगेका थिए।

कक्षाकोठामा प्रवेश गर्दा उनीहरू चकित भए—कक्षा २ र ३ मा जम्मा ४ जना, कक्षा ४ र ५ मा जम्मा ९ जना विद्यार्थी मात्रै। ‘शुक्रबार हो, त्यसैले विद्यार्थी आएनन्’ कक्षाकोठा सुनसान देखेपछि नगरप्रमुखले प्रधानाध्यापक डा. महेन्द्र चौधरीलाई कारण सोधे। जवाफमा उनले भने, “शुक्रबार परेको हुनाले विद्यार्थीहरू धेरै आएनन्।” तर शिक्षा शाखा प्रमुख अमिरी यादवले यो जवाफलाई गम्भीर रूपमा लिएनन्। “शुक्रबार त फलफूल दिने दिन हो, खाजा कार्यक्रम पनि चलिरहेको छ,” उनले भने, “खासमा यस्तो दिन त झन बढी विद्यार्थी आउनुपर्थ्यो। तर यहाँ त स्थिति उल्टो छ।”

रजिस्टरमा १३३, कक्षामा १३ विद्यालयले नगरपालिकामा बुझाएको विवरण अनुसार बाल विकासदेखि कक्षा ५ सम्म १३३ विद्यार्थी नामांकित छन्। तर कक्षाकोठामा जम्मा १३ जना विद्यार्थी देखिनुले रजिस्टर र वास्तविकताबीचको फरक देखाएको छ। प्रधानाध्यापक चौधरीले भने, “वरपर धेरै निजी विद्यालय छन्। त्यसैले प्रारम्भिक तहमा सरकारी विद्यालयतर्फ आकर्षण घटेको हो।” उनका अनुसार कक्षा ६ देखि १० सम्म भने विद्यार्थीको उपस्थिति सन्तोषजनक रहेको छ। ८० प्रतिशत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् अनुगमनको क्रममा अर्को गम्भीर समस्या पनि देखियो—पाठ्यपुस्तक अभाव। विद्यार्थीहरूसँग जब किताबबारे सोधियो, तब ८० प्रतिशतले नयाँ पुस्तक नपाएको बताए।

केही विद्यार्थीहरूसँग पुराना किताब थिए भने केहीले साथीबाट सापटी लिएको बताए। नगरपालिकाले चैत महिनामै विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि ४ लाख ६४ हजार ५९१ रुपैयाँ निकासा दिइसकेको थियो। तर विद्यालयले हालसम्म जम्मा ८७ हजार रुपैयाँको किताब मात्रै खरिद गरेको देखिएको छ। शिक्षा शाखाले सोध्यो जवाफ अनुगमनपछि शिक्षा शाखाले विद्यालयसँग स्पष्टीकरण मागेको छ। शिक्षा शाखा प्रमुख अमिरी यादवले भने, “यस्ता समस्या सुधार नगरी शिक्षामा गुणस्तर आउँदैन। अब सुधार गर्न लिखित पत्राचार गरिसकिएको छ।”

नगरप्रमुख महेश चौधरीले पनि कडा स्वरमा प्रतिक्रिया दिएका छन्, “गुनासो बढ्दै गएकाले हामी आफैं अनुगमनमा गएका हौं। अब सुधार नगरे कडाइ हुन्छ।” मुख्य तथ्यहरू: विद्यालयमा नामांकन: १३३ जना (कक्षा १–५) वास्तविक उपस्थिति: जम्मा १३ जना नयाँ किताब नपाउने विद्यार्थी: ८०% भन्दा बढी किताब खरिदका लागि बजेट: ४.६४ लाख प्रयोग: जम्मा ८७ हजार रुपैयाँ शिक्षा शाखाको निर्देशन: तुरुन्त सुधार गर्नू

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१