Siraha Times
ताजा समाचार

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

  • जेठ १०, २०८२
  • ७०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। 


इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको समयमा जिल्ला  कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ट्रान्समिटर भन्ने स्थानबाट पक्राउ गरिएको छ। 


शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला ओखलढुङ्गा साविक सानिवन  गा.वि.स. वडा नं. ९ हाल  चम्पादेवी गाँउपालिका वडा नं.१०  रानीवन बस्ने बर्ष ४३ को राम कुमार तोलाङ्गीलाई फेला पारी निजको शरीर खानतलासी गर्दा राम कुमार तोलाङ्गीले झोला भित्र  पलाष्टिकमा १० (दश) गड्डी भा रु ५०० (पाँच) सय दरका भारतीय नोट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिएका छन्। 


 पांच लाख भारतीय रकम सहित राम कुमार तेलाङ्गीलाइ नियन्त्रणमा  लिइ थप आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१