Siraha Times
ताजा समाचार

सुन्दर जनता मावि औरहीमा उत्कृष्ट विद्यार्थीलाई साइकिल र झोला वितरण

  • जेठ ९, २०८२
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान जेठ ९ । सिरहा जिल्लाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई साइकिल तथा झोला वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव प्रमुख अतिथि थिए। कार्यक्रममा शिक्षा शाखा प्रमुख रमेश नारायण शर्मा, वडा नं. ५ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य रामपृत यादव, व्यवस्थापन समिति सदस्य दिपेन्द्र यादवलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

विद्यालयका अनुसार कक्षा ६, ७ र ८ का उत्कृष्ट छात्रहरूलाई साइकिल प्रदान गरिएको हो भने कक्षा ९ मा उत्कृष्ट प्रदर्शन गर्ने छात्रहरूलाई झोला वितरण गरिएको हो। कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गर्दै विद्यालय प्रशासनले शिक्षामा उत्कृष्टता हासिल गर्नका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव यादवले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको शैक्षिक उन्नतिमा यस्ता प्रोत्साहनात्मक कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए। प्रमुख अतिथि अध्यक्ष शिवजी यादवले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पालिकाले आगामी दिनमा थप योजना अघि सार्ने प्रतिबद्धता जनाए। कार्यक्रममा सहभागी अभिभावक र स्थानीयवासीहरूले पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१