Siraha Times
ताजा समाचार

बालबालिका केन्द्रित सार्वजनिक सेवा सुधारमा खडग नगरपालिकामा बाल कचहरी कार्यक्रम सम्पन्न

  • जेठ ८, २०८२
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान जेठ ८ । सवल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित 'समुन्नति' तथा 'सिडा परियोजना' कार्यक्रम अन्तर्गत खडक नगरपालिकामा बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बाल कचहरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

खडक नगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्य नगर प्रमुख जय प्रकाश चौधरी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगर बाल सञ्जालका अध्यक्ष शिव शंकर मण्डलले गर्नुभएको थियो। कार्यक्रममा नगर उप–प्रमुख रीता कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। अन्य अतिथिहरूमा प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोन, रामाकान्त चौधरी, रविन्द्र प्रसाद चौधरी (प्रधानाध्यापक, सीस्वा बेल्ही), वीरेन्द्र कुमार यादव (शिक्षा अधिकृत), प्रकाश चौधरी, र उमा कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी बालबालिकाले आफूहरूले भोगिरहेका विभिन्न समस्याहरू, सार्वजनिक सेवामा भैरहेका कमीकमजोरीहरू, बालमैत्री वातावरणको अभावजस्ता विषयमा खुलेर धारणा राखेका थिए। साथै उनीहरूले सुधारका लागि विभिन्न सुझावहरू पनि प्रस्तुत गरे। नगर प्रमुख जय प्रकाश चौधरीले बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै नगरपालिकाले बालमैत्री नीति निर्माणमा प्राथमिकता दिने बताउनुभयो। उप–प्रमुख रीता कुमारी चौधरीले बालबालिकाको सहभागितालाई सशक्तिकरणको आधार ठहर गर्दै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने धारणा राख्नुभयो। कार्यक्रमले बालबालिका तथा सरोकारवालाबीच संवादको सेतुको रूपमा कार्य गरेको छ भने आगामी दिनमा बालमैत्री सार्वजनिक सेवा प्रवाहमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१