Siraha Times
ताजा समाचार

लहान नगरपालिकामा जैविक सुरक्षा सम्बन्धी एक दिने तालिम सम्पन्न

  • जेठ ८, २०८२
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ८ जेठ सिरहाको लहान नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा जैविक सुरक्षा (बायो सेक्युरिटी) सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। तालिमको प्रमुख अतिथि नगर प्रमुख महेश प्रसाद चौधरी रहेका थिए।

उक्त तालिममा नगर भित्रका विभिन्न वडाबाट आएका ३६ जना पशुपालक किसानहरूले सहभागिता जनाएका थिए। तालिममा जैविक सुरक्षाको महत्व, पशु स्वास्थ्यमा यसको भूमिका तथा रोग प्रतिरोधात्मक उपायहरूबारे जानकारी दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा पशुपालक किसानलाई लक्षित गरी विभिन्न किसानमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी गराए। उनले पशुपालन व्यवसायलाई वैज्ञानिक तरिकाले अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याउँदै हाल पशुपालनमा देखिएको घट्दो रूचिप्रति चिन्ता व्यक्त गरे।

“नगरभित्र पशुपालन क्रमशः घट्दै गएको अवस्था छ,” उनले भने, “यसलाई पुनः विस्तार गर्न किसान दाजुभाइ तथा दिदीबहिनीहरू थप सक्रिय र जागरुक हुन जरुरी छ।”

कार्यक्रममा पशु सेवा शाखाका प्राविधिकहरूले जैविक सुरक्षाका अभ्यास, रोग नियन्त्रण रणनीति तथा प्रभावकारी व्यवस्थापनबारे विस्तृत प्रशिक्षण दिएका थिए। सहभागी किसानहरूले तालिम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१