हुलाकी सडकको सिरहामा पहिलो पल्ट कृषि बजार ब्यबस्थापन हुँदै औरहीमा

  • जेठ ८, २०८२
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल औरही ८ जेठ सिरहाको औरही गाउँपालिकामा हुलाकी सडकखण्डमा पहिलो पल्ट सुबिधा सम्पन्न र ब्यबस्थित कृषि बजारको ब्यबस्थापन भैरहेको छ। स्थानीय चुनावमा गा.पा. अध्यक्ष शिवजी यादवले किसान संग गरेको बाचा अब बल्ल पूरा हुदैछ। सोही क्रममा हाल उक्त ठाउँमा रु. ४,३९,७९,४५३/०५ को लागतमा सुबिधा सम्पन्न संरचना कृषि बजार ब्यबस्थापनका लागि संरचना निर्माण भरहेको छ।

औरही गाउँपालिका कृषि क्षेत्रको लागि अवल मानिन्छ। यहाँ धान,मकै, गहुँ, कोदो, दलहन,तेलहन,फलफूल, नगदे लगायत तरकारी र माछामासुको लागि प्रख्यात ठाउँ रहेको भएता पनि उचित बजार ब्यबस्थापन नभएको कारण यस क्षेत्रका किसानहरुको उन्नति प्रगती हुन नसकेको हो। हुलाकी सडक ब्यबस्थापन हुँदा किसानहरूले केही राहत त पाए तर हाल सम्म जुन हिसाबले किसानको मुल्यांकन हुनु पर्ने हो त्यो हुन सकेको छैन। सुबिधा सम्पन्न बजार ब्यबस्थापन भए लगतै औरही गा.पा. को किसानहरुको मुहार नै बदलिने प्रवल सम्भावना बढेर गएको छ।
समग्र रुपमा भन्नु पर्दा गा.पा. अध्यक्ष शिवजी यादव नेतृत्वको स्थानीय सरकारले कृषि क्षेत्रमा धेरै महत्त्वपूर्ण कार्यहरू अगाडी बढाइ सकेको अवस्था छ जस्तै कृषि सडक निर्माण, सिचाइ बिधुतिकरण, कृषियान्त्रीकिकरण लगायत सुबिधा सम्पन्न कृषि प्रयोगशाला समेत प्रयोगमा ल्याइ सकेको छ।

यसका अतिरिक्त, सिरहाका अन्य स्थानहरूमा पनि कृषि उत्पादनको व्यवस्थित बजारीकरणका लागि विभिन्न पहलहरू भइरहेका छन्। उदाहरणका लागि, लहान नगरपालिकामा आँपको उत्पादनको 'ब्रान्डिङ' र बजारीकरणका लागि कार्यक्रमहरू सञ्चालन भइरहेको छ भने धनगढीमाई न.पा. र नरहा गा.पा.को चोहर्वामा तरकारी बजारको ब्यबस्थापन समेत भैसकेको छ। यसरी नै सिरहाको १७ वटै स्थानीय तहमा बजार ब्यबस्थापन हुन सके किसानले राम्रो राहत पाउने भएकोले यस तर्फ तिनै तहको सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

जसपा नेपाल मधेश प्रद ...

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।&nbs ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१