ताजा समाचार

जारी विश्वकपमा स्वेस्टइन्डिजले अफगानिस्तानलाई ३ सय १२ रनको लक्ष्य दियो

  • असार २०, २०७६
  • १३९१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

२० असार।जारी एकदिवसीय विश्वकपमा वेस्टइन्डिजले प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई ३ सय १२ रनको विशाल लक्ष्य सुम्पिएको छ।  टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाउन सफल भयो। वेस्टइन्डिजका लागि युवा विकेटकिपर साइ होपले ९२ बलमा सर्वाधिक ७७ रन बनाए। ३८ ओभरको चौथो बलमा मोहम्मद नाबीले राशिद खानबाट क्याच आउट गराउनुअघि होपले ६ चौका र २ छक्का प्रहार गरे। युवा ब्याट्सम्यान निकोलस पुरनले ४३ बलमा ६ चौका र १ छक्कासहित आक्रमक ५८ रनको योगदान दिए।

अन्तिम ओभरको पहिलो बलमा कप्तान जोसन होल्डरसँग रन लिनेक्रममा तालमेल गर्न नसक्दा पुरन रन आउट हुन पुगे। त्यस्तै कप्तान जोसन होल्डरले तल्लो क्रममा आक्रमक ब्याटिङ गर्दै ३४ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा क्याच आउट भए। पाँचौ विकेटका लागि कप्तान होल्डर र पुरनले आक्रमक १ सय ५ रनको शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजले विशाल योगफल तयार पारेको हो।

छैटौं ओभरको तेस्रो बमलमा दलात जदरानले ओपनर क्रिस गेललाई ७ रनमा क्याच आउट गराए। दोस्रो विकेटका लागि होप र इभिन लुइसले ८८ रनको साझेदारी गर्दै इनिङ उकासे। यी दुईबीचको साझेदारी २५ ओभरको पाँचौ बलमा राशिद खानले मोहम्मद नाबीबाट लुइसलाई ५८ रनमा क्याच गराउँदै तोडे। लुइसले ७८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सिमरोन हिटमायरले ३१ बलमा २ छक्का र ३ चौकासहित ३९ रनमा क्याच आउट भए। कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौकासहित १४ रनमा अविजित रहे। अफगानिस्तानका लागि दवालत जदरानले सर्वाधिक २ विकेट लिए। मोहम्मद नाबी, सइद शिरज़ाद र राशिद खानको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤