Siraha Times
ताजा समाचार

जनमत पार्टीका नेता बिनोद यादवद्वारा सुखीपुर-६ मा सामुदायिक भवनको शिलान्यास, भविष्यमा विवाह भवन निर्माणको योजना

  • जेठ १, २०८२
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत पार्टीका जिल्ला इञ्चार्ज श्री बिनोद यादवले सुखीपुर नगरपालिका वडा नं. ६ स्थित रामजानकी मन्दिर परिसरमा सामुदायिक भवन निर्माणको शिलान्यास गर्नु भएको छ। चार कोठे यस भवन निर्माण भएपछि स्थानिय बासिन्दाहरूको सामूहिक तथा सामाजिक कार्यक्रमहरू जस्तै भोज-भतेर, विवाह, छेका, पञ्चायत तथा अन्य धार्मिक–सांस्कृतिक गतिविधिहरू सहज रूपमा सञ्चालन गर्न सकिनेछ।

May be an image of temple

शिलान्यास कार्यक्रममा बोल्दै नेता यादवले सामाजिक विकास र समुदायबीच आपसी समन्वय अभिवृद्धि गर्ने उद्देश्यले यस्तो भवनको आवश्यकता रहेको बताउनु भयो। उहाँले यसै भवन नजिकै रहेको आफ्नो निजी जग्गामा भविष्यमा आधुनिक सुविधा सम्पन्न Marriage Hall तथा Party Place निर्माण गर्ने इच्छा पनि व्यक्त गर्नुभयो। “स्थानीय तहमा सार्वजनिक स्थलहरूको अभाव छ। समाजलाई जोड्ने यस्ता पूर्वाधारले नाता, सम्बन्ध र सहयोगको भावना अझ प्रगाढ बनाउँछ,” यादवले भन्नुभयो।

May be an image of 2 people and grass

उक्त कार्यक्रममा रामजानकी मन्दिरका सन्त-महन्त, स्थानीय युवाहरू, नागरिक समाजका प्रतिनिधिहरू, वडा कार्यालयका पदाधिकारीहरू लगायत विभिन्न समुदायका व्यक्तिहरूको उत्साहजनक उपस्थिति थियो। स्थानीयवासीहरूले नेता यादवको यस कदमको स्वागत गर्दै सार्वजनिक हितमा गरिएको योगदानलाई उच्च मूल्यांकन गरेका छन्। सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका यादव जनतामाझ लोकप्रिय युवा बुद्धिजीवी नेताका रूपमा परिचित छन्। उक्त भवन निर्माण कार्य चाँडै सुरु गरिने र केही महिनाभित्र सम्पन्न गरिने योजना रहेको यादवको भनाइ छ।

May be an image of 8 people and grassMay be an image of 7 people and collard greens

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१