Siraha Times
ताजा समाचार

टिपरको ठक्कर बाट किसान महराको ज्यान गयो मिर्चैयामा

  • वैशाख ३१, २०८२
  • १५१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसानको ज्यान गएको मिर्चैया प्रहरीले जनाएको छ। ज्यान गुमाउने स्थानीय ७० वर्षीय महेन्द्र महरा मन्दिरमा पूजा गरेर गाईभैंसीका लागी घाँस बोकेर घर फर्कने क्रममा उक्त घटना घटेको हो भने यति बेला मिर्चैया क्षेत्रमा टिपरको आतंक बढेको स्थानीयहरुको गुनासो रहेको छ। उक्त टिपरको कारण कटारी सडक तहसनहस भैसको छ। बा.प्र–०१–००४ क २९५३ नम्बरको टिपरले महरालाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो। दुर्घटनामा संलग्न टिपर चुनढुङ्गा बोकेको थियो र भार क्षमता भन्दा बढी माल लोड गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रत्यक्षदर्शीका अनुसार टिपर अत्यधिक गतिमा कुदिरहेको थियो। स्थानीयले दुर्घटना पछि टिपर चालक विरुद्ध कडा कार्यवाहीको माग गर्दै विरोध जनाएका छन्। घटना पछि चालक फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१