Siraha Times
ताजा समाचार

पाठेघर मुखको क्यान्सर नि:शुल्क परिक्षण कार्यक्रम शुरु लहानमा

  • वैशाख ३१, २०८२
  • ७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३१ बैशाख । सिरहाको लहान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा-१७ गोविन्दपुरमा पाठेघर मुखको क्यान्सर नि:शुल्क परिक्षण कार्यक्रम शुरु भएको स्वास्थ्य शाखाले जनाएका छन। शिविरको उदघाटन गर्दै मेयर महेश प्रसाद चौधरीले ग्रामीण भेगमा बसोबास गर्ने महिला दिदिबहिनीहरुको पाठेघर सम्बन्धि समस्या धेरै नै देखापरेको र विभिन्न वाडाको स्वास्थ्य केन्द्र बाट पनि आएकोले यस कार्यक्रम मार्फत सहि तथ्यांक पत्ता लगाउन यो शिविर संचालनमा ल्याएको बताएका छन।

स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुच होस भने उद्देश्यले लहान न.पा. ले विभिन्न समयमा फरक फरक किसिमको शिविर संचालन गर्दै आइरहेको बताउदै मेयर चौधरीले अतिबिन्न, गरीब, दलिद, जेष्ठ नागरिक र विभिन्न कारणले पछाडी परेका नागरिकको लागि शिविर अतिआवश्यक देखिएकोले जनबोलीको कदर गर्दै जनचाहना मुताविक स्थानीय सरकार अगाडी बढिरहेको बताए।

मेयर चौधरी अगाडी थप्दै नगर बासीहरुमा बिरामी लुकाउने बानी पनि धेरै रहेको छ र अब आइन्दा यसो नगर्न सबैमा अपिल समेत गरेका छन भने यदि कुनै पनि नागरिक कुनै प्रकारले बिरामी परिहाल्यो भने सबैभन्दा पहिला आ-आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सुझाएका हुन। अझ अगाडी थप्दै मेयर चौधरीले भोलि ३१ गते लहान-२४ पनि यस्तै शिविर संचालन हुने र आवश्यक परे अझै यस्तै शिविर संचालन गरि नागरिक सेवामा आफू पछि नहट्ने समेत बताए।

आफ्नो मन्तव्यको अन्तमा मेयर चौधरीले शिविरमा ३० वर्ष देखि ५५ वर्ष सम्मका महिलाहरुलाई परिक्षण भैरहेको बताउदै चेकजाँचको क्रममा महिलाहरुमा यो समस्या पोजेटिभ देख्न साथ उपचार शिविर बाटै शुरु हुने समेत बताएका छन। समयमै उपचार क्यान्सरको भयो भने यो पुर्णरुपमा निको र जोगिन सक्ने स्वास्थ्य कर्मीहरुको दावी छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१