Siraha Times
ताजा समाचार

पिडित परिवारको अवस्थाबारे जानकारी लिन एसपी अनन्त राम शर्मा स्वयं पुगे पीड़ितको घर

  • वैशाख ३०, २०८२
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख ३० । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतिपुर सदाय टोलमा केही समयअघि घटेको घटनामा मृतक रिंकु सदा सम्बन्धी घटनाको अनुसन्धान तथा पिडित परिवारको अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्त राम शर्मा स्वयं घटनास्थलमा पुग्नुभएको छ। आज मिति २०८२ साल वैशाख २९ गते एसपी शर्माले मृतक रिंकु सदाको आमा सिता देवी सदासँग उहाँकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो।

पिडित परिवारको वर्तमान अवस्था, सुरक्षाको स्थिति तथा आवश्यक सहयोगबारे जानकारी लिन र आवश्यक आश्वासन दिन एसपी शर्मा भगवतिपुर पुग्नुभएको हो। भेटका क्रममा उहाँले पिडित परिवारलाई कानुनी सहायता, अनुसन्धानको प्रगति तथा राज्यको जिम्मेवारीबारे जानकारी गराउनुका साथै सुरक्षाको पूर्ण प्रत्याभूति गराउनु भएको थियो।

घटनाबारे गम्भीर अनुसन्धान भइरहेको भन्दै एसपी शर्माले दोषी जो भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयो। स्थानिय बासिन्दाहरूका अनुसार पिडित परिवार लामो समयदेखि आर्थिक तथा मानसिक रूपमा पीडित अवस्थामा रहेको बताइएको छ। एसपी शर्माको यो उपस्थितिले पिडित परिवारमा केही राहत र आशा जागेको महसुस गरिएको छ। यस घटनाप्रति प्रहरी प्रशासन गम्भीर भएर अनुसन्धानमा जुटेको र पिडितलाई न्याय दिलाउने प्रतिवद्धतासहित काम भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१