Siraha Times
ताजा समाचार

फेटामा जनमत पार्टीले गर्यो सडक ढलानको शिलान्यास

  • वैशाख १८, २०८२
  • ६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, १८ बैशाख / बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर ४ बतरा टोलमा जनमत पार्टीले सडक ढलानको शिलान्यास गरेको छ । मधेस प्रदेश सरकारको सडक ढलान योजना अन्तर्गत जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले सडक ढलानको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयर उम्मेदवार उमेश दुबे, कार्यकारणी सदस्य ओम साह, मधेस प्रदेशका उपाध्यक्ष सन्तोष पटेल, जिल्ला सदस्य, बिधान्चल यादव, कलैया नगर अध्यक्ष राजदेव ठाकुर, फेटा गाउपालिका अध्यक्ष नवल पटेल, फेटा गाउपालिका युवा जनमत संघका अध्यक्ष शेसनाथ यादव, बिश्रामपुर गाउपालिका अध्यक्ष नजबुल्लाह आलम लगायतको उपस्थित रहेको थियो । शिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयरको उम्मेदवार उमेश दुबे प्रति स्थानीयहरूले चौतर्फी प्रशन्सा गरेका थियो ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१