ताजा समाचार

जिल्ला कमिटी चयनमा गुटगत स्वार्थ हावी : सांसद साह

  • असार १६, २०७६
  • १४५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, १६ असार । नेकपाका युवा नेता दिलिप साहले नेकपाको जिल्ला समिती चयनप्रति असन्तुष्टि जनाएका छन् । हालै गरिएको नेकपाका प्रदेश २ का जिल्ला कमिटी छनोटमा सिरहा सहितका जिल्लामा स्पष्ट मापदण्ड नअप्नाइएको भन्दै गुटका आधारमा चयन गरिएको उनले आरोप लगाएका छन् । सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले भने, “ जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो, तर, त्यसमा अपनाइएको विधि र प्रकृया गलत छ, गुटगत स्वार्थ हावी भएको देखियो, यो प्रकृया चित्तबुझ्दो भएन ।” पार्टीमा देखिएको विद्यमान रबैयाले अगामी दिनमा पार्टीका लागि घातक साबित हुने उनले आशंका व्यक्त गरे । उनले अगाडी भने, “पार्टीले कुन अधारमा चयन गरिएको छ, यसमा धेरै प्रश्न गर्ने ठाँउ छ, पार्टीमा योगदान दिएका व्यक्तिलाई बाइपास गरी आफनो आसेपासेलाई पद दिनु कतिको जायज हो, नेतृत्वले यसमा पुनः विचार गर्नै पर्छ ।”

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤