Siraha Times
ताजा समाचार

मैथिल सेवा समाज पूर्णरूपमा सुचारु, विभिन्न देशमा इन्चार्ज तथा सह–इन्चार्ज तोकिए

  • वैशाख १७, २०८२
  • १७७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख १७। मैथिली भाषा, संस्कृति र समाजसेवाको संवाहकका रूपमा स्थापित मैथिल सेवा समाज हाल पूर्णरूपमा सुचारु भएको छ। विभिन्न देशहरूमा छरिएर रहेका मैथिल समुदायलाई एकताबद्ध गर्दै साझा पहिचान, संस्कार र सेवाको प्रवाह गर्ने उद्देश्यले अघि बढेको यस समाजले देश–विदेशमा संगठन विस्तार गर्दैछ।

मैथिल सेवा समाजले हालै एक महत्वपूर्ण निर्णय गर्दै विभिन्न मुलुकहरूमा प्रतिनिधित्वका लागि इन्चार्ज, सह–इन्चार्ज तथा कार्यवाहक इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ। संस्थाले आफ्ना गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी ढंगले सञ्चालन गर्न यो कदम चालेको बताएको छ। संस्थाका अनुसार नेपालदेखि भारत, खाडी मुलुकहरू र अन्य देशसम्म संगठन विस्तार भइसकेको छ। समाजले सम्पूर्ण मैथिल समुदायलाई समाजप्रति आस्थावान् बनाउँदै सेवा, सहयोग र नेतृत्व विकासमा सहभागी गराउने लक्ष्य लिएको छ।

समाजले तोकेको जिम्मेवारी यस प्रकार रहेको छ: नेपालमा अशोक कुमार यादवलाई इन्चार्ज र अजय कुमार यादवलाई सह–इन्चार्जको जिम्मा दिइएको छ। कतारमा रामबाबु शर्मा इन्चार्ज, पप्पु कुमार यादव कार्यवाहक इन्चार्ज, मोहम्मद नवीन सह–इन्चार्ज र शम्भु यादव सदस्यको भूमिकामा छन्। मलेसियामा लक्ष्मी कुमार यादव इन्चार्ज र राम भरोस कापर सह–इन्चार्जको रूपमा रहेका छन्। साउदी अरेबियामा बिनोद कुमार यादव इन्चार्ज र मनोज कुमार यादव सह–इन्चार्ज रहेका छन्। दुबई (संयुक्त अरब इमिरेट्स)मा राधे श्याम यादव दुबै इन्चार्जको रूपमा र अमित रजक दुबै सह–इन्चार्जको रूपमा कार्यरत छन्।

भारतमा धुर्मुनारायण यादव इन्चार्ज र कृष्णकुमार मण्डल सह–इन्चार्ज तोकिएका छन्। समाजले भविष्यमा बाँकी रहेका अन्य देशहरूमा पनि प्रतिनिधित्व कायम गर्ने र स्थानीय स्तरमा सामाजिक काममा सहभागिता बढाउने बताएको छ। संस्थाले प्रवासी मैथिल समुदायलाई सामाजिक उत्तरदायित्वमा जोड्ने, संकटको घडीमा एकअर्कालाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, युवा पुस्तालाई मैथिली भाषा र संस्कारमा जोड्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। मैथिल सेवा समाजले आफ्नो उद्देश्यमाथि दृढ रहँदै सबै सदस्य, शुभेच्छुक तथा शुभचिन्तकलाई समाजको साथ र सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

समाजका एक पदाधिकारीका अनुसार, “यो समाज केवल औपचारिक संस्था नभई, हाम्रो भाषा, संस्कृति र अस्तित्वलाई संरक्षण गर्ने आन्दोलन हो।” विगतमा केही समय निष्क्रिय जस्तो देखिए पनि अहिले समाजले नयाँ जोश, ऊर्जा र नेतृत्वका साथ पुनः गतिशीलता ल्याएको छ। सामाजिक संजाल, बैठक, भेला तथा अन्तरदेशीय समन्वयमार्फत समाजले आफ्नो पहुँच विस्तार गरिरहेको छ। यसरी, प्रवासी भूमिमा पनि मैथिल समुदायलाई संगठित गर्दै सामाजिक उत्तरदायित्व, संस्कृतिक गौरव र आपसी एकताको भावनालाई सुदृढ गर्न मैथिल सेवा समाजको योगदान उल्लेखनीय हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१