Siraha Times
ताजा समाचार

जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सिरहाको धनगढीमा सम्पन्न

  • वैशाख १६, २०८२
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख १६ । सिरहाको धनगढी नगरपालिका-६ (बसनपुर)मा जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउँदै पार्टीले छोटो समयमै धेरै उपलब्धि हासिल गरेको बताए। उनले, "हामीले कम समयमा धेरै उपलब्धी हासिल गरिसकेका छौं, तर अझै संघर्ष जारी राख्नु पर्छ," भन्ने जनाए।

मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले जनमत पार्टीले पाँच वर्षभित्रै मधेस प्रदेशमा सरकार बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा यो पार्टी मधेसकै सबैभन्दा बलियो राजनीतिक शक्ति बन्ने दाबी गरे। कार्यक्रममा वन तथा वातावरण मन्त्री त्रिभुवन साह, पूर्व मन्त्री महेश यादव र संजय यादव, साथै नेता बालेश्वर यादव, सुभाष चौधरी, रमेन मण्डल, खुशबु जेसवाल, दिलीप दास, इन्द्र देव महतो, सन्तोष महतो लगायत सयौं नेताको उपस्थिति रहेको थियो।

स्थानीय नेता प्रदीप महतोको नेतृत्वमा विभिन्न राजनीतिक दल छोडेर हजारौं कार्यकर्ता तथा नेताहरूले जनमत पार्टीमा सामेल भएका छन्। प्रदीप महतोले जनमत पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको बताउँदै, "जहाँ जनमत पार्टीको सरकार छ, त्यहाँ जनताको हितमा उत्कृष्ट कार्य भइरहेको छ," भन्ने बताए। यो कार्यक्रम जिल्ला ईन्चार्ज विनोद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। जनमत पार्टीले यसरी सामूहिक रूपमा नयाँ नेतृत्व तथा कार्यकर्ता जोड्न सफल भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१