रोकी राखेको म्याजिकलाई ट्रकले पछाडी ठक्कर दिदा ३ को मृत्यु बाकी दर्जन घाइते

  • असार १६, २०७६
  • ९७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असार १६ गते । सिरहामा ट्रकले यात्रुबाहक म्याजिकलाई पछाडिबाट ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । अन्य एकदर्जन यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११, स्थित पडरिया चोकमा सोमबार दिउँसो पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकलाई सोहि दिशातर्फ आउँदै गरेको ना. ८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।दुर्घटनामा एकजनाको घटना स्थलमै र दुईजनालाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म मृतकहरुको सनाखत हुन सकेको छैन भने घाइते १२ जनाकै अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । दुर्घटना लगतै ट्रक र म्याजिक चालक फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको र घटना विषयमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१