जसपा नेपालकाे सिरहा जिल्ला अध्यक्षमा पुन: अशाेक यादव चयन

  • वैशाख ११, २०८२
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 

लहान वैशाख ११। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिरहा जिल्ला कार्यसमितिको नेतृत्वमा पुनः अशोक कुमार यादव चयन भएका छन्। बुधवार रातिसम्म सहमतिका लागि प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेपछि बिहीवार बिहानबाट मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको थियो। तर अन्तिम समयमा शीर्ष नेताहरूको विशेष पहलमा सहमति जुट्न सफल भएसँगै निर्वाचन प्रक्रिया रोकी अशोक यादवलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो।

अध्यक्ष पदका लागि लहान नगरपालिकाका उप–प्रमुख रामचलिचर महतो, रामदयाल यादव र अशोक यादवबीच प्रतिस्पर्धा हुने तयारी भए पनि अन्ततः सबैको सहमतिमा अशोक यादवको नाममा टुंगो लागेको हो। सहमतिको प्रक्रियामा झण्डै चार दिन लागेको र अन्त्यमा सबैको स्वीकार्यताको आधारमा यादवलाई पुनः नेतृत्व सुम्पिएको एक नेताले जानकारी दिए।

अध्यक्ष अशोक यादवको नेतृत्वमा ५७ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। जसमा उपाध्यक्षमा बरियारपट्टीका लालबहादुर साह र कल्याणपुरका अशोककुमार मण्डल चयन भएका छन्। सचिवमा गोलबजारका बिन्द कुमार मण्डल, उपसचिवमा लहानका दिनेश कुमार महतो र भगवानपुरका इन्दलकुमार मण्डल रहेका छन्। यस्तै, कोषाध्यक्षमा कर्जन्हाकी लक्ष्मीकुमारी श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएकी छन्।

पार्टीभित्रको आन्तरिक सहमति, समावेशिता र लोकतान्त्रिक मूल्यको अभ्यासस्वरूप सहमतिमा टुंगो लाग्नु सकारात्मक पक्ष भएको भन्दै नेताहरूले यो समितिको नेतृत्वमा जिल्ला भित्र संगठन विस्तार, सुदृढीकरण र जनसमस्यामाथि केन्द्रित राजनीति अघि बढाउने प्रतिबद्धता जनाएका छन्। सर्वसम्मति बन्नु कार्यकर्ताको एकताको प्रतीक भएको बताउँदै धेरैले खुसी व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

वैदेशिक रोजगारीमा रह ...

रहमुल, सिरहा, २ चैत्र । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुर निवासी राजलाल यादवले वैदेशिक रोज ...

सिरहाको गोलबजारमा दल ...

लहान, २ चैत्र। दलित समुदायमाथि बढ्दै गएको हिंसा तथा विभेदको विरोधमा सिरहाको गोलबजारमा र्‍याली तथ ...

लहान प्रादेशिक अस्पत ...

रहमुल लहान, २ चैत। सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित रहेको रामकुमार शारडा उमा प्रसाद मुरारका प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१