जसपाको प्रथम जिल्ला अधिवेशन सिरहाको गोलबाजारमा , मधेसको अधिकारका सवालमा नेताहरू एकजुट माननीय राज कुमार गुप्ता

  • वैशाख ९, २०८२
  • ३१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) को प्रथम जिल्ला अधिवेशन आइतवार सिरहामा भव्य रूपमा सम्पन्न भएको छ। सिरहा जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेस आन्दोलन र अधिकार प्राप्तिको इतिहासलाई स्मरण गर्दै जसपाले मधेसलाई राजनीतिक रूपमा संगठित र सशक्त बनाउन खेलेको भूमिकाको चर्चा गरे। उनले भने, “जसपाले मधेसको पहिचान, अधिकार र आत्मनिर्णयका पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ। हामीले मधेसको आवाजलाई राष्ट्रिय मुद्दामा बदल्न सफल भएका छौं।” उपेन्द्र यादवले अधिवेशनबाट चयन हुने नयाँ नेतृत्व सक्षम, उत्तरदायी र जनताप्रति प्रतिबद्ध होस् भन्ने शुभकामनासमेत व्यक्त गरे।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हरिनारायण चौधरी, नेकपा एमालेका नेता डा. नवीन कुमार यादवसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै डा. नवीन कुमार यादवले मधेस प्रदेशमा शिक्षादेखि कृषिसम्मका समस्यालाई नीतिगत तहमा समाधान गर्नुपर्नेमा जोड दिए। उनले भने, “म एमालेमा भए पनि मधेसी मुद्दा र पहिचानको पक्षमा सधैं आवाज उठाउँदै आएको छु। राज्यको संरचना यथास्थितिमा रहँदा मधेसमा व्याप्त समस्याहरू समाधान हुन सक्दैनन्।” डा. यादवले प्रदेशमा दक्ष जनशक्ति र कर्मचारी अभाव गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै, मन्त्री चयन गर्दा विषयगत दक्षता र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनु अपरिहार्य भएको बताए। साथै, छुवाछुत जस्ता सामाजिक विकृति अझै कायम रहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसमा नीतिगत हस्तक्षेप आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा माओवादी केन्द्रका नेता हरिनारायण चौधरीले संघीयता जोगाउन त्यसको मर्म र महत्व जनस्तरसम्म पुर्‍याउनु आवश्यक रहेको बताए। उनले भने, “संघीयता केवल शासनको संरचना होइन, यो विविधता भित्रको एकता र पहिचानको सम्मान पनि हो। यसको मर्मलाई बुझेर अगाडि बढ्नुपर्छ।” जसपाका विभिन्न तहका नेताहरू राजकिशोर यादव, सुरेश मण्डल, ललिता दास, जानकी यादव, संजिला यादव, चन्देश्वर पासवान, रेनु यादव, रामचलित्र महतो, चन्द्रशेखर यादव, राम उद्धार महतो, प्रदीप मण्डल, रन्जित यादव लगायतको उपस्थिति कार्यक्रमलाई भव्य बनाएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य राकेश रोशन गुप्ताले दिएका थिए भने, मधेसको संस्कृति र आत्मसम्मान झल्किने 'मधेस गान' लाई विशेष प्राथमिकता दिइएको थियो। प्रथम जिल्ला अधिवेशनले आगामी कार्यदिशा तय गर्दै जिल्लास्तरमा संगठन सुदृढीकरण, स्थानीय समस्या समाधान तथा मधेसी समुदायको हक–अधिकार प्रवर्द्धनका लागि प्रभावकारी रणनीति बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१