जसपाको प्रथम जिल्ला अधिवेशन गोलबजारमा जारी, संघीयताको रक्षाका लागि जसपाले मात्र सक्छ : मण्डल

  • वैशाख ९, २०८२
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रथम जिल्ला अधिवेशन सोमबार सिरहाको गोलबजारमा सुरु भएको छ। अधिवेशनको उद्घाटन जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेसको पहिचान, अधिकार र आत्मनिर्णयको पक्षमा पार्टीले खेलेको भूमिकालाई स्मरण गर्दै भने, “जसपाले मधेसलाई राजनीतिक रुपमा संगठित र सशक्त बनाउने काम गरेको छ।” उनले नयाँ नेतृत्व सक्षम र उत्तरदायी होस् भन्ने शुभकामना समेत व्यक्त गरे।

सिरहा जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पूर्व मन्त्री तथा जसपा नेता सुरेश मण्डलले देशमा संघीयताको रक्षा गर्ने जिम्मेवारी जसपा नेपालले मात्र निर्वाह गर्नसक्ने बताए। उनले प्रमुख अन्य दलहरू नेपाली कांग्रेस र नेकपा एमालेमा संघीयताको विषयमा सीमितता (लिमिटेसन) रहेको टिप्पणी गरे। कार्यक्रममा माओवादी केन्द्रका नेता हरिनारायण चौधरी र नेकपा एमालेका नेता डा. नवीन कुमार यादव समेत सहभागी थिए। डा. यादवले मधेस प्रदेशमा शिक्षादेखि कृषिसम्मका समस्याहरूको समाधानमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिंदै भने, “म एमालेमा भए पनि मधेसी मुद्दा र पहिचानको पक्षमा सधैं आवाज उठाउँदै आएको छु।”

उनले मधेस प्रदेशमा दक्ष जनशक्ति र कर्मचारीको अभाव रहेको उल्लेख गर्दै मन्त्री चयन गर्दा विषयगत दक्षता र क्षेत्रीय सन्दर्भलाई ध्यान दिनु आवश्यक भएको धारणा राखे। साथै, समाजमा विद्यमान छुवाछुतजस्ता सामाजिक विकृतिहरूको अन्त्यका लागि नीति तहमा हस्तक्षेप आवश्यक रहेकोमा समेत उनले जोड दिए। कार्यक्रममा जसपाका वरिष्ठ नेता राजलाल यादव, राजकिशोर यादव, सुरेश मण्डल, ललिता दास, जानकी यादव, संजिला यादव, चन्देश्वर पासवान, रेनु यादव, रामचलित्र महतो, चन्द्रशेखर यादव, राम उद्धार महतो, प्रदीप मण्डल, रन्जित यादव लगायतका नेताहरूको उपस्थिति थियो।

कार्यक्रमको स्वागत मन्तव्य राकेश रोशन गुप्ताले दिएका थिए भने, मधेस गानलाई विशेष प्राथमिकता दिइएको थियो। कार्यक्रममा माओवादी नेता चौधरीले संघीयता जोगाउन त्यसको मर्म र महत्व जनस्तरसम्म पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१