किर्ते जालसाजी मुद्दामा पूर्व वडा अध्यक्ष साह पक्राउ

  • वैशाख ८, २०८२
  • ६७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

Translator
 
 
 

रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष खुशीलाल साह किर्ते जालसाजीको मुद्दामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको टोलीले उनलाई सोमबार बिहान आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीका अनुसार, साहविरुद्ध विगतमा दर्ता भएको किर्ते तथा जालसाजीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

२०८० माघ १९ गते (२०८०/१०/१९) का दिन साहले तत्कालीन वडा कार्यालयको लेटरहेड प्रयोग गर्दै हालका वडा अध्यक्ष सुरेश कुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेर मालपोतसम्बन्धी चारकिल्ला कागजात तयार पारेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । उक्त कागजातमार्फत साहले आफ्नै आमा कुलमतिया देवीको नाममा सिफारिस गराएका थिए । साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर–२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो पटक टिकट नपाएपछि उनी नेकपा एमालेमा प्रवेश गरी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । एमालेबाट पराजित भएपछि फेरि कांग्रेसमै फर्किएका थिए ।

प्रहरी अनुसन्धान अनुसार, साहले किर्ते कागजात मालपोत कार्यालयमा पेश गरेर आफ्नो नाममा जग्गा दर्ता गराएका थिए । घटनाको जानकारी पाएपछि वडा अध्यक्ष सुरेश कुमार यादवले २०८० फागुन १३ गते इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा सरकारी कागजात किर्ते तथा ठगीसम्बन्धी उजुरी दिएका थिए । वडा अध्यक्ष यादवले भने, "साहले पुरानै लेटरहेड प्रयोग गरी मेरो हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप नक्कल गरेर झुटो कागजात तयार पारेका छन् । यस्तो कार्य कानुनविपरीत हो, त्यसैले मैले सम्बन्धित निकायमा उजुरी दिएको हुँ । उनीमाथि अहिले पनि थानामा सातभन्दा बढी मुद्दा छन् । कानुनले उनलाई छुट दिन्न ।"

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार साहविरुद्ध उजुरी परेपछि अनुसन्धान थालिएको थियो । प्रयोगशालाबाट प्राप्त प्रतिवेदन र संकलित प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सुखीपुर नगरपालिकाले ...

ओम प्रकाश यादव, लहान असार १६ । सिरहा जिल्लाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान ...

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१