Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र कर्मचारी संचय कोषका बीच सम्झौता

  • चैत २४, २०८१
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २४ चैत्र। वीरगंजको नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय कोषका बीच कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार सम्झौता भएको छ । कोषको सामाजिक सुरक्षा योजना सञ्चालन विनियम २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम पनि यो सम्झौता भएको पाइएको हो । सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम कोषका सञ्चयकताई औषधी उपचारमा सहजीकरण गर्ने उद्देश्यले यो सम्झौता गरिएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेनेजिङ डाइरेक्टर (एमडी) शहनाज अन्सारीले बताए ।

सञ्चय कर्ताले सुविधा दावी गर्दा पेश गरेका अस्पतालसँग सम्बन्धीत कागजात, बिल वा अन्य कुनै पनि बिषयमा कोषबाट थप अध्ययन गर्न आवश्यक परेमा अस्पताले पूर्ण सहयोग गर्ने, सम्झौता गरेवापत कोषले अस्पताललाई तथा अस्पतालले कोषलाई कुनै शुल्क, कमिशन लगायत आर्थिक व्ययभार हुने कार्य नगर्ने, अस्पतालले सञ्चयकर्तासँग यस योजनामा सिफारिस वा सहजीकरण गरेवापतको कुनै शुल्क वा कमिशन नलिने जस्ता विभिन्न ८ वटा बुँदामा दुवै पक्षका बीच सहमति भएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन विनिमय २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाको प्रभावकारी कार्यान्वयन गर्ने र सञ्चयकर्तालाई स्वास्थ्य उपचार खर्च सोधभर्ना उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक बिल भौचर र अन्य प्रमाण साथै उक्त प्रक्रियामा सहजीकरण गर्नु कोष र अस्पताल बीचको सम्झौताको साझा उद्देश्य रहेको पाइएको छ । सम्झौतामा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका तर्फबाट एमडी अंसारी र कोषको तर्फबाट कोषको हेटौडा शाखाको कार्यालय प्रमुख डा.दिलिपराज पौडेलले हस्ताक्षर गरेका छन् । सो क्रममा शाखा कार्यालय हेटौडाका सहायक प्रवन्धक सन्तोष बहादुर चन्द र कलेजका सि.ऐ .मौजेलाल कुमार सहनी रहेका थिए । त्यसै गरी हेटौडाका अशिष्टेन्ट मेनेजर निशा दहाल र सुबोध बहादुर चन्द लगायतको पनि सहभागिता रहेको थियो । सम्झौता नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा नै भएको कलेजका प्रेस सल्लाहकार आशिक अंसारीले बताए ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१