Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ भव्य रुपमा उद्घाटन

  • चैत २३, २०८१
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, चैत्र २३ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित मौवाही नमुना माध्यमिक विद्यालयको खेलमैदानमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ।उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष संजय कुमार यादवले कुलतमा फसेका युवाहरुलाई सही मार्गतर्फ डोर्याउन खेलकुदलाई सबैभन्दा प्रभावकारी माध्यमको रूपमा लिँदै यस किसिमका प्रतियोगितालाई आफ्नो कार्यकालभर निरन्तरता दिने उद्घोष गर्नुभयो। उहाँले भन्नुभयो, “खेलमार्फत अनुशासन, आत्मविश्वास र सामाजिक चेतना फैलिन्छ, आजको खेलले त्यसैको प्रत्यक्ष प्रमाण दिएको छ।”

प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेल सप्तरीको सुरुङ्गा कुशहा र सिरहाको धनगढीमाई नगरपालिकाबीच सम्पन्न भयो। दुवै टिमबीचको खेल निकै रोमाञ्चक रह्यो, जसले दर्शकहरूलाई अन्तिम मिनेटसम्म तानिराख्यो।खेलप्रेमीहरूका अनुसार यस्ता प्रतियोगिता हरेक वडामा सञ्चालन हुनु आवश्यक छ, ताकि गाउँस्तरमै लुकेका प्रतिभाहरूलाई पहिचान गरेर अगाडि ल्याउन सकियोस्।

प्रतियोगिताको फाइनल खेल चैत्र ३० गते सम्पन्न हुने तय गरिएको छ भने चैत्र २५ गते महिला टिमबीच विशेष मैत्रीपूर्ण खेल आयोजना हुनेछ, जहाँ सिरहा र सप्तरीका महिला टिमहरू आमनेसामने हुनेछन्।स्थानीयस्तरमा यस किसिमको आयोजनाले खेलकुद संस्कृति प्रवर्द्धन गर्नुका साथै सामाजिक एकता र सहकार्यमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१