Siraha Times
ताजा समाचार

लहान स्थित ल.ल.कु.मा.बि. लहान रघुनाथपुरमा जग्गा दातासँग विभेद भएकाे गम्भीर आरोप

  • चैत २३, २०८१
  • ७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, सिरहा चैत २३ । लहान स्थित लक्ष्मण लालीता कुशवाहा माध्यमिक विद्यालय (ल.ल.कु.मा.बि.) लहान रघुनाथपुरमा जग्गा दाताहरूसँग विभेद भएको गम्भीर आरोप लगाइएको छ। विद्यालयले २०८१ फागुन २४ गते आफ्नो ५० औं स्वर्ण जयन्ती समारोह आयोजना गरेको अवसरमा जग्गा दाता स्व. रामदेव महतोका नाति बिजय कुमार महतोले बिशिष्ट अतिथिका रूपमा निमन्त्रणा प्राप्त गरेका थिए। उनी कार्यक्रममा उपस्थित भए तापनि अन्य जग्गा दाताहरू सरह विशिष्ट अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गर्न नदिएको गुनासो गरेका छन्। पछि उनलाई केवल अतिथिको रूपमा मात्र स्थान दिइएको थियो।

बिजय कुमार महतोका अनुसार उनले आफ्ना हजुरबुवा स्व. रामदेव महतोको सालिक विद्यालय प्रांगणमा निर्माण गर्न माग राखेका थिए। तर विद्यालय व्यवस्थापन समितिले हाललाई सम्भव नभएको भन्दै पछि समितिको निर्णयअनुसार हुने जानकारी गराएको थियो। यसको विपरीत, अर्को जग्गा दाता स्व. लक्ष्मण महतोको सालिक निर्माण भइसकेको र स्थापितसमेत गरिएको जानकारी पाएपछि उनले आफ्ना हजुरबुवाको सालिक निजि लगानीमा बनाउन चाहेको बताएका थिए। तर विद्यालय प्रशासनले समयको अभाव देखाउँदै तत्काल सम्भव नभएको भन्दै पन्छाएको आरोप लगाइएको छ। स्व. रामदेव महतोले विद्यालयलाई चार कठ्ठा जग्गा दान गरेका थिए, जसको हालको बजार मूल्य २.५ कराेड देखि ३ करोडसम्म पुग्ने अनुमान गरिएको छ। विद्यालयको स्मारिका पुस्तकमा स्व. रामदेव महतोको नाम उल्लेख गरिए तापनि जग्गा दाता परिवारलाई उचित सम्मान नगरिएको गुनासो उठेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर कुमार कुशवाहा र प्रधानाध्यापक शिवशंकर महतो र अर्का जग्गा दातालाई यस विभेदपूर्ण व्यवहारको मुख्य दोषी मानिएको छ। बिजय कुमार महतोका अनुसार जग्गा दाता परिवारलाई उचित सम्मान प्रदान गर्नुपर्ने र निजि लगानीमा सालिक निर्माण गर्न जग्गा छुट्याइदिनुपर्ने माग गरेका छन्। अन्यथा, उनीहरू चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। त्यस्तै, विद्यालयको प्रङ्गनमा स्मारिका निर्माणका लागि चन्दा चिठ्ठा तथा विद्यालय कोषकाे रकम प्रयोग गरिएको भए पनि स्मारिकाकाे शिलालेखमा मात्र एकजना जग्गा दाता ललिता कुशवाहा नाम र प्र.अ. बि.व्य.समितिकाे नाम समावेश गरिएकोमा उनीहरूले आपत्ति जनाएका छन्। स्मारिका शिलालेखमामा “विद्यालय परिवार” लेखिनुपर्ने माग गर्दै आएका छन्।

यसअघि विगतमा पनि विद्यालयको नामकरणको समय सम्पूर्ण जग्गा दाताहरूको नाम जोडेर राखिनुपर्ने माग उठाइएको थियो। उक्त मागलाई लिएर आन्दोलनसमेत भएको थियो, जसका क्रममा परिवारका सदस्यहरू थुनुवा बस्नुपरेको थियो। तर, त्यसबेला पनि लक्ष्मण-ललिता कुशवाहाको नाम मात्र राखी एकल निर्णय लिइएको थियो। बिगतदेखि नै विद्यालय प्रशासनले सुनियोजित रूपमा स्व.रामदेव महतो परिवारलाई पछाडि पार्ने, अपहेलित गर्ने, मानसम्मानमा ठेस पुर्याउने कार्य गर्दै आएको आरोप लगाइएको छ। यस्ता विभेदकारी कार्य तत्काल रोकिनुपर्ने माग राख्दै जग्गा दाता परिवारले आवाज उठाएका छन्।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१