सखुवान्नकारकट्टी गाउँपालिकामा जसपा नेपालको नयाँ नेतृत्व चयन

  • चैत २१, २०८१
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको गाउँ अधिवेशनले नागेन्द्र कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। बुधबार सम्पन्न अधिवेशन सते लाल यादवको अध्यक्षतामा भएको थियो। अधिवेशनले उपाध्यक्षद्वयमा यदुनन्दन यादव र प्रमोद कुमार यादव, सचिवमा राम कुमार मण्डल, उपसचिवद्वयमा अजय कुमार दास र राम नारायण यादव तथा कोषाध्यक्षमा शिला देवी रामलाई चयन गरेको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो।

गाउँ अधिवेशनमा जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ताको विशेष उपस्थिति रहेको थियो। साथै, जसपा नेपालका युवा नेता दिपेश कुमार यादवको पनि कार्यक्रममा सहभागिता थियो। नवनिर्वाचित अध्यक्ष नागेन्द्र कुमार यादव मधेश आन्दोलनको समयमा लहानमा सक्रिय भूमिका निर्वाह गरेका युवा नेता हुन्। अध्यक्षमा चयन भएपछि स्थानिय पार्टी कार्यकर्ताले संगठन विस्तारलाई नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्। यादव यसअघि जसपा नेपालको गाउँ कमिटी उपाध्यक्ष तथा समाजवादी युवा संघको मधेश प्रदेश कमिटी सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्।

नयाँ कार्यसमितिले संगठन सुदृढीकरण र पार्टी विस्तारका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष यादवले संगठनलाई बलियो बनाउन गाउँपालिकाका सबै वडा तहसम्म पार्टीको गतिविधि सशक्त बनाइने बताउनुभयो। उहाँका अनुसार, संगठन निर्माणका लागि स्थानीय तहका कार्यकर्तासँग निरन्तर छलफल तथा अन्तरक्रिया गरिनेछ। यस अधिवेशनलाई जसपा नेपालका नेताहरूले पार्टीलाई मजबुत बनाउन महत्वपूर्ण अवसरको रूपमा लिएका छन्। मधेश आन्दोलनका विभिन्न चरणमा सक्रिय रहेका नेताहरूको नयाँ कार्यसमिति चयन भएपछि स्थानीय कार्यकर्ताहरूमा उत्साह थपिएको छ।

कार्यक्रममा सहभागी युवा नेता दिपेश कुमार यादवले नवगठित कार्यसमितिले जसपाको विचारधारालाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले संगठनलाई समृद्ध बनाउँदै आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन सबै कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। गाउँपालिकामा जसपाको गतिविधि थप प्रभावकारी बनाउन पार्टीका नवनिर्वाचित पदाधिकारीहरूले विभिन्न रणनीति अपनाउने तयारी गरिरहेका छन्। अध्यक्ष नागेन्द्र कुमार यादवले संगठन सुदृढीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिने बताउनुभयो। जसमा जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण, भेला तथा सदस्यता विस्तार अभियान समावेश गरिनेछ।

यसैबीच, गाउँपालिका स्तरमा भएको नेतृत्व चयनलाई स्थानीय राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण मानिएको छ। जसपाले आफ्नो आधार बलियो बनाउन सशक्त कार्ययोजना अघि सार्ने संकेत दिएको छ। नयाँ कार्यसमिति गठन भएसँगै पार्टी कार्यकर्ताहरू उत्साहित छन्। स्थानीयस्तरमा पार्टी विस्तारको अभियानलाई प्राथमिकतामा राख्दै संगठनलाई सशक्त बनाउने लक्ष्य रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१