Siraha Times
ताजा समाचार

सिरहा: एकदिने 'चुरे' संवाद कार्यक्रम सम्पन्न

  • चैत १८, २०८१
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार / लहान, चैत १८ गते । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल नाराका साथ सिरहामा चुरे संवाद कार्यक्रम सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशद्वारा आयोजिक उक्त सिरहाको लहान नगरपालिका वडा नम्बर १५ हात्तीदह कार्यक्रम गरिएको छ। चुरे क्षेत्र संरक्षणका विभिन्न पक्षबारे छलफल गरिएको छ।

मन्त्रालयका प्रदेश सचिव उद्धव बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, सिरहा , सप्तरी , उदयपुरका प्रमुखहरुको उपस्थितिमा चुरे क्षेत्रको संरक्षण, विशेषता, वर्तमान अवस्था, संरक्षण प्रयासहरू र आगामी रणनीतिहरूबारे कार्यक्रम गरिएको छ ।

कार्यक्रममा गोलबजार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेन्द्र सिंहले भने -' चुरे' संरक्षणमा देखिएका समस्या समाधानका लागि सरोकारवाला पक्ष इमान्दार नभएको आरोप लगाए। उनले सरकार तथा सरोकारवाला निकायहरू स्वयं नै चुरे संरक्षणमा गम्भीर नदेखिएको भन्दै, होटलमा बसेर मात्र चुरे संरक्षण गर्न नसकिने ठोकुवा गरे। अहिले गैरकानुनी रुपमा क्रसरहरु संचालनमा छन् तर सरोकारवाला बेखबर रहेको बताउँछन् ।

त्यसैगरी, अर्का व्यक्ता मिर्चैया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिनेश कुमार मण्डलका अनुसार - सिरहामा प्रहरी , प्रशासनको मिलेमतोमा क्रसर संचालनमा रहेको बताउँछन् । क्रसरबलाहरुले उत्खननमा ठुलो-ठुलो मेसिन प्रयोग गर्छन् तर, उनीहरूलाई निकायले कार्वाही गर्न सकिरहेको छैन ।

यो सँगै हात्तीदह सिमसार तथा पर्टकीय क्षेत्र लहान -१५ का अध्यक्ष रुद्रनारायण चौधरीले भने - जबसम्म चुरे दोहोन, चुरे अतिक्रम , वन फडानी नरोके, वन संरक्षण हुन सक्दैनन् । यसमा व्यक्तिको मानसिकता सकारात्मक हुनुपर्छ बताए । वहाँले ५ 'ज' यसरी खण्डन गर्छन् - जल, जमिन , जङ्गल , जनता , जनावर एकअर्काका परिपुरक हुन् यसलाई संरक्षण, संवर्धानमा जोड दिनु पर्ने बताए ।

सहभागी वक्ताहरूले इमान्दारिताका साथ काम गरे मात्र चुरे संरक्षण सम्भव हुने सुझाव दिइएका छन् । उनीहरूले चुरे विनाशका कारण मधेशमा चापाकलका पानी सुक्न थालेको, खोला-नदीको पानीको सतह घटेको, जलचर प्राणी संकटमा परेको र तापक्रम तीव्र रूपमा बढेको उल्लेख गरे। वक्ताहरूले चुरे संरक्षण नगरे ठूलो प्राकृतिक संकट आउने चेतावनी दिँदै सरकारले तत्काल ध्यान दिनुपर्ने बताउँछन् ।

कार्यक्रमको सहजीकरण मन्त्रालयका भू-संरक्षण अधिकृत नमो नारायण मिश्रले गरेका थिए। आजको कार्यक्रममा सिरहा सप्तरी , उदयपुर , धनुषासहितको स्थानीयका वडाध्यक्ष, डिभिजन वन कार्यालयका प्रमुखहरु वडासदस्यहरु सहित करिब ६० जनाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य प्रवर्द्धन ...

रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्‍या ...

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१