Siraha Times
ताजा समाचार

भ्रामक ,गलत प्रचारको पछि न लाग्न आग्रह जसपा नेपाल

  • चैत ११, २०८१
  • ८७९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौ :- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि खगेन्द्र सुनारले वा उनको नामवाट सामाजिक सञ्जालमार्फत् लगाइएको आरोप अत्यन्तै गलत, भ्रामक, रहेको बताएको छ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जात-जातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्।

जनता समाजवादी पार्टी, नेपालले मधेशी, दलित, मुश्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत इत्यादि वर्ग र समुदायको पक्षमा उभिएर जातीय विभेदको अन्त्य, समानता, अधिकार, पहिचान र जातीय मुक्तिको लागि सदियौंदेखि सङ्घर्ष गर्दै आएको इतिहास साक्षी रहेको निजि सचिवालयले जनाएको छ। विज्ञप्तिमा भनिएको छ सम्पूर्ण उत्पीडित जात-जातिको अधिकारका लागि जसपा नेपाल सदैव प्रतिबद्ध रहेको छ।' दलित अधिकारकर्मी खगेन्द्र सुनारले अध्यक्ष यादव र पार्टीप्रति अनावश्यक लाञ्छना लगाएको आरोप विज्ञप्तिमा छ। यो क्षणिक लाभका लागि गरिएको त्यहाँ भनिएको छ।

क्षणिक लाभका लागि सामाजिक सद्भाव र सहिष्णुता भाँड्ने, व्यक्ति र सङ्गठनको चरित्र हत्या गर्ने तथा समाजमा एक आपसमा घृणा फैलाउने उद्देश्यले प्रेरित भई नियोजित ढंगले प्रचार गरिएको छ विज्ञप्तिमा भनिएको छ। उक्त प्रायोजित र मिथ्या आरोपमा कुनै सत्यता नरहेकोले यस्ता आरोपको हामी खण्डन गर्दछौँ।' आरोप पुष्टि गर्न चुनौतीसमेत विज्ञप्तिमार्फत दिइएको छ।

यसअघि सिराहाको औरही गाउँपालिकामा महायज्ञ लगाउन भनेर दलितको घर भत्काएको आरोप लागेकाहरूलाई रिहा गर्न आइतबार (हिजो) जसपा नेपालका सिराहा अध्यक्ष अशोककुमार यादवसहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै पालिका अध्यक्षसहित प्रहरी नियन्त्रणमा रहेकाहरूलाई रिहा गर्न माग गरेका थिए।

यसपछि दलित अधिकारकर्मी खगेन्द्र सुनारले 'दलितलाई छोएर देखाऊ' भन्दै चुनौती दिएका थिए। उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सिरहाका गापा अध्यक्ष शिवजी यादवलाई रिहा नगरे दलित बस्तीमा आगो लगाउने धम्की दिएको छ। यसपछि अध्यक्ष यादवको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै त्यो पुष्टि गर्न चुनौती दिएको हो।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१