Siraha Times
ताजा समाचार

यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान

  • चैत २, २०८१
  • ८२७ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन अन्तर्गत यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान गरेको हो । उनलाई प्रशस्ति पत्र, तरुल तथा अन्य तरकारीको माला तथा टाउकोमा विशिष्ट प्रकारको टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।

सम्मेलनमा मैथिलीका साहित्यकार सियाराम झालाई पटमुर्ख, जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहलाई हराशंख, रामरिझन यादवलाई लोढाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्रलाई बालबोध उपाधि प्रदान गरियो ।

यसैगरी, वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, चिकित्सक रामविनय चौधरीलाई खबसुरता, मिथिला चित्रकार सीतादेवी कर्णलाई गनपसारैन, भेटनरीको चिकित्सक डा. पिंकी मण्डललाई मनतोरिया, नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रलाई पवित्र पापी, कृष्ण चौधरीलाई सोटाचन्दको उपाधि प्रदान गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारी लाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्तालाई डपौरशंख र सम्वाद फाउण्डेसनका अध्यक्ष कुमार भाष्करलाई तरघुसनाको उपाधी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१