ताजा समाचार

कल्याणपुर न.पा.विरुद्ध युवाहरु आन्दोलित, काला झण्डा सहित मसाल बालेर प्रदर्शन

  • असार ११, २०७६
  • १२५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा,११ असार । कल्याणपुर नगरपालिका का जनप्रतिनिधि हरु लुटतन्त्र मच्चाएको जोरदार आरोप लगाउदै युवाहरु आन्दोलित भएका छन । आमजनताकै अमुल्य मतबाट  निर्वाचित भएर सताको भोग गरिरहेका कल्याणपुर नगरपालिका को जनप्रतिनिधिहरु त्यही निमुखा जनताहरु संग छल प्रपंच गर्दै हक अधिकार बाट समेत बंचित गराएको आक्रोश व्यक्त गर्दै विभिन्न पार्टिमा आवद्ध युवाहरु एकजुट भइ आन्दोलित भएका हुन ।

आमजनताको हक अधिकार हनन गरि बन्द कोठा भित्र उपभोक्ता समिती गठन गर्नुको साथै नक्कली बिल भर्पाइ बनाइ विभिन्न कार्यहरुमा आर्थिक हिनामिना गरेको र त्यस बारे जानकारी लिन खोज्दा उल्टै सत्ताको धाख धम्की देखाउने जस्ता क्रियाकलापहरु गरिरहेकोले आफुहरु एकजुट भएर आन्दोलनमा सक्रिय हुन बाध्य भएको नेकपा पार्टिमा आवद्ध युवानेता बैधनाथ साहले जानकारी दिनुभयो ।

 

यस्तै कल्याणपुर नगरपालिका का मेयर र कार्यालय प्रमुखहरुको विरोधमा मंगलबार दिउँसो १ बजे नेकपा,राजपा नेपाल र समाजवादी पार्टिका नेता तथा युवा कार्यकर्ताहरुले मेयरलाइ काला झण्डा देखाउनुका साथै कार्यालय परिसर भित्र प्रदर्शन गर्दै काला झण्डा समेत बाधेको हो ।

त्यस्तै आन्दोलनका क्रममा मंगलबार युवाहरु हातमा मसाल बालेर समेत प्रदर्शन गरि नगरपालिका तताएको जनाएको छ । साझ ७ बजे कल्याणपुर बजार बाट करिब ३ सय जनाको सहभागितामा निस्केको उक्त मसाल जुलुस नगरको भिविन्न भागमा परिक्रमा गर्दै ग्रामीण स्थित नगरपालिका को कार्यालय अगाडि कोण सभामा परिनत भएको जानकारी प्राप्त भएको छ । मसाल प्रदर्शन का क्रममा भ्रष्ट मेयर मुर्दावाज,सुचनाको अधिकार ग्यारेन्टी गर,सत्ताको धाख देखाउन पाइदैन जस्ता नाराहरु लगाउदै मेयर र कार्यालय प्रमुख हरुको विरुद्ध मा चर्को नारावाजी समेत गरेका थिए ।

साथै आन्दोलनको कार्यक्रम अन्तर्गत असार १३ गते नगरपालिका कार्यालय धेराउ र १४ गते अनिश्चितकालीन तालाबन्दी गर्ने कार्यक्रम रहेको र आवश्यकता परे पछि संयुक्त संधर्ष समितीको बैठक बसि थप आन्दोलनका कार्यक्रम हरु सार्वजनिक गर्ने एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤