ताजा समाचार

लण्डनबाट फर्केर सिधै रेशम चौधरी भेट्न पुगे सिके राउत

  • असार १०, २०७६
  • ११७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असार १० । जनमत पार्टीका संयोजक डा सिके राउत बेलायत भ्रमणबाट स्वदेश फर्किएका छन् । स्वदेश फर्केसँगै विमानस्थलबाट उनी सिधै राजपा नेता तथा सांसद रेशम चौधरीलाई भेट उपचाररत अस्पतालमा पुगेका छन् । राउत त्रिभुवन विमानस्थलमा ओर्लेपछि विआइपी कक्षमा जनमत पार्टीका नेता तथा समर्थकहरुले स्वागत गरेका थिए भने डा राउत त्यहीबाट कारागारमा बिरामी परेर हाल उपचार गराई रहेका चौधरीलाई भेटन सीधै वीर अस्पताल पुगेका हुन् । सो क्रममा उनले चौधरीको स्वास्थ्य अवस्था र हालको राजनैतिक घटनाक्रमबारे जानकारी लिनुका साथै उनको रिहाईका लागि केकस्तो पहल गर्न सकिन्छ भन्ने विषयमा छलपल भएको बताइएको छ । कुराकानीको क्रममा चौधरीले अरु पार्टी तथा नेताहरुबाट आफ्नो आशा मरेको प्रतिक्रिया दिएको बताइएको छ ।
डा राउतले विदेश भ्रमणका क्रममा अष्ट्रियाको वियना विश्वविद्यालय र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा लण्डन विश्वविद्यालयको एसओएस मा प्रवचन दिएका थिए। त्यसका साथै विभिन्न देशका नेता, संघसंगठन तथा आप्रवासी समुदायसँग भेटघाट पनि गरेको थिए। सोही क्रममा डा राउतले आफूले विद्यावारिधी गरेको क्यामब्रिज विश्वविद्यालयको भ्रमण पनि गरेका थिए। फर्कने क्रममा भारतको नयाँ दिल्लीमा आषाढ ८ गते उनी गैरआवासीय मधेशी संघको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤