महिलाले बिना आन्दोलन अधिकार पाउन सकिने अवस्था छैन ; देवकुमारी महरा (मुक्ति नेपालकी अध्यक्ष)

  • फागुन २३, २०८१
  • ५०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास,  लाहान २३ फागुन ।  नवराजपुर गाउँपालिका कार्यालयको सभा हलमा आउँदो ११५ औ श्रमिक महिला दिवसको अवसरमा, श्रमिक महिलाहरूको मानव अधिकार सुनिश्चितताको लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम नवराजपुर गाउँपालिकाको आयोजना र मुक्ति नेपाल गोलबजार, इन्सेक सिराहा, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब लगायत विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा नवराजपुर गाउँपालिकाको अध्यक्ष शिव उद्गार यादवज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नवराजपुर गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी यादव, सबै वडाका अध्यक्षहरु नवीन यादव, सुरेश कुमार यादव, वंशलाल यादव देवराम यादव, जयप्रकाश यादव, जिल्ला समन्वय समितिका सदस्य जानकी यादव, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा, इन्सेक प्रतिनिधि दुर्गा परियार, महेशपुर पतारिका इन्सपेक्टर रविनराज मैनाली, वडा सदस्यहरु, स्थानीय महिला, युवा, राजनीतिककर्मी, बुद्धिजीवी लगायतको उपस्थिति थियो । 

मुक्ति नेपालकी अध्यक्ष महराले, श्रमिक महिला दीवस ८ मार्चमा कहीले देखी कीन मनाउन थालेको जानकारी गराउदै महिलाहरूले जहिले पनि आफ्नो अधिकारका लागि आन्दोलन गर्नैपर्छ बिना आन्दोलन हुँदै हुँदैनन् । किनकि सामाजिक संरचना उनीहरूको बाधक बन्न पुग्छ। जहाँ भनिएको छ महिला भनेको पर्दाभित्र बस्नुपर्ने र त्यहाँ उनीहरुले पारिश्रमिक नपाउने नियम बनाइदिएको छ । जसले महिलाहरू आफ्नो हक अधिकारका लागि लड्नै पर्ने हुन्छ । उसलाई कमजोर र निरीह बनाएका छन् तर महिलाले चाहियो भने अहिलेको प्रविधि यति डेभलप भइसकेछ कि एक्लै पनि बच्चा जन्माउन सक्छन् तर पुरुषले सक्दैनन्।

किनभने पुरुषसँग पाठेघर हुँदैन। एउटा पुरुषको पत्नी बित्यो भने एक वर्ष नबित्दै उसले अर्को विवाह गर्छन् तर एउटा महिलाले जीवनभरि विधवा भई बाँच्नुपर्ने अवस्था यही सामाजिक संरचनाले देखाइ रहेको छ । यस्तो अवस्थामा महिलाहरू झन् पीडा भोग्न बाध्य भएका छन् । उनीहरूको बीमा, सुरक्षा, सञ्चयकोषको व्यवस्था पनि हुनुपर्छ । महिलाहरू दैनिकी ज्यालादारीमा काम गरिरहेको हुन्छ । महिनाबारीमा काम पाउन गाह्रो छ । जसले उनीहरू नेपाल सरकारद्वारा दिएको सेवा सुविधाबाट वञ्चित हुन्छ। उनीहरूको परिश्रमको त कुनै मूल्य नै छैन ।

त्यसैले घरेलु श्रमिक महिलाहरूको पनि अधिकार सुनिश्चित हुनु आवश्यक छ । प्राय आफ्नै आफन्तबाट एकदमै नजिकको मान्छेबाट पटक पटक बच्ची, आमा, बुहारी वा बहिनीहरू बलात्कृत भएको अवस्था सिराहा जिल्लामै धेरै उदाहरणहरु छन् । रिंकुश सदाको मुद्दामा जसरी पञ्चायती भयो अहिले पनि त्यसको न्याय प्रक्रियामा चलखेल भइरहेको छ । कहिलेसम्म छोरीहरू सहने हो र ? धेरै यस्ता मुद्दाहरु छन् जसमा पिडकले पैसाको भरमा उम्किन पाउने र पीडितले न्याय नपाएको थुप्रै घटनाहरु यही सिरहा जिल्लाको हामीसँग छन् । रिंकुका लागि अब जे गरे पनि त्यो फर्केर आउँदैन। त्यसैले हाम्रो समाजको रिंकु जस्तै छोरीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्यो। जसले उनीहरू सुरक्षित भई बिना कुनै डरको हिँड्न पाओस् । पालिका र प्रहरी प्रशासन मिलेर यस्ता वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको देखिन्छ।

त्यस्तै समग्र जन उत्थान केन्द्रकी अध्यक्ष अनिता चौधरीले महिलाहरू बिहान ५ देखि रातिको ११ बजेसम्म कुनै न कुनै काममा व्यस्त नै हुन्छन् । तर पनि उनीहरूले तिखोवचन सुन्न बाध्य हुन्छ। कम्तिमा बोलीले पनि सम्मान गरे पुग्छ तर हाम्रो समाजमा त्यस्तो अवस्था छैन । यस्ता परिवर्तन ल्याउन आफ्नै घरबाट सुरुवात गर्नु जरुरी छ। नवराजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भन्छन् मलाई रिंकुको घटनाको विषयमा उसको मृत्युपछि मात्रै खबर भयो। रिंकुको काकाले मेरो भतिजीले यस्तो गर्यो प्रहरीलाई खबर गर्नुपर्यो भने कल गरेपछि मात्रै मैले थाहा पाएँ। त्यसपछि गएर घटनाबारे सोधपुछ गरी जानकारी पाएँ।

वडा अध्यक्ष सुरेशकुमार यादव भन्नुहुन्छ शोषणको प्रमुख कारक मानव मानव बीच विभेद भएरै शोषण भएको देखिन्छ । यस्ता विभेद जात, वर्ग, लिङ्कको आधारमा भइरहेको हुन्छ यस्ता समस्या का कारण मानवमा आध्यात्मिक चिन्तनको अभाव पाएका छौं। त्यसैले हामीले आफ्नो चेतनालाई जगाउनुपर्छ साथै आत्मनिर्भरताको आवश्यकता छ। जसका लागि शिक्षा आवश्यक छ। प्रत्येक विकृतिको अन्त्य आफैबाट सुरु गर्नुपर्छ । त्यो चाहे दाइजो होस् वा अन्य विभेद ।

भूमिहीन किसान संगठनका प्रतिनिधि शिवराम महराले, यस्ता कार्यक्रम हाम्रो पालिकामा मैले काम गर्दै आएको ३६ वर्षको दर्मियानमा पहिलोचोटि हेरिरहेको छु। यस्ता कार्यक्रमले समाजमा चेतनाको स्तर बढ्नुका साथै यस्ता विकृतिहरू कम हुन जान्छ। त्यसैले यस्ता कार्यक्रमहरू अझै हाम्रो पालिकामा हुनु आवश्यक छ। यसका साथै अहिलेको अर्को घटना लागू औषधमा नियन्त्रण गर्नु पनि जरुरी रहेको देखिन्छ किनभने जति पनि घटनाहरु भइरहेको छ कतै न कतै त्यसको कारण यो लागू औषध पनि हो जस्तो मलाई लागिरहेको छ ।

जिल्ला समन्वय समितिकी सदस्य जानकी यादव भन्नुहुन्छ सामाजिक संरचना जो हामीले बनाएका छौं त्यो पनि महिला हिंसाको प्रमुख घटक हो । हाम्रो समाजमा छोराछोरीबीचको विभेदले भरणहत्या बालविवाह दाइजो प्रथा निम्त्याएका छन्। र जानी नजानी महिलाहरू हिंसा भोग्न बाध्य हुन्छन्। यस्ता संरचना परिवर्तन गर्नु आवश्यक छ। कुनै पनि घटनाका दोषीहरू कानुनको दायरामा ल्याउनै पर्छ। निर्दोषलाई फसाउनु हुँदैन र दोषीलाई छोड्नु हुँदैन।

महेशपुर पतारिका इन्सपेक्टर रविनराज मैनालीले म यहाँ आएको छ महिना भयो र यस बीचमा जति पनि बलात्कारका घटनाहरूको जाहेरी आयो प्राय फेक घटना भएकोले हामीलाई माथिबाटै आदेश आएको छ कि पहिला हामीलाई त्यो घटनाबारे भन्नुस्, त्यो घटनाका दुवै पक्ष संग भेटाउनु अनि मात्र दर्ता गर्नु । त्यसैले घटना दर्ता गर्न ढिलो भयो । यस्ता कुरा सुने पछि देव कुमारी महाराले प्रतिक्रिया दिँदै, बलात्कार जस्तो घटनामा पनि दुवैतिरको कुरा बुझेर दर्ता गरिन्छ भने त्यहाँ बसेर छलफल गर्ने हो कि पैसाको चलखेल गर्ने हो साफ झल्किन्छ । त्यसैले यस्ता चलखेल बन्द गर्नुस् र यस्ता संवेदनशील कुरामा घटना दर्ता गरी पछि अनुसन्धान गर्नुस् र अनुसन्धानपछि आफै सबै कुरा छरपष्ट हुने बताएकी थिइन् ।

नवराजपुर गाउँपालिकाका पालिका प्रमुखले नवराजपुर गाउँपालिकाको अवस्था र व्यवस्थालाई परिवर्तन गर्न हामी लागि परेका छौं। र यसका लागि हामीले जे गर्नुपर्छ गर्छौं बताउनुभयो साथै सानो घटना हुँदा पनि राजनीतिक चलखेल सुरु हुन्छ। र सबै दलले आआफ्नो रोटी सेक्न तयार भएर आएको हुन्छन् त्यही भएर यो दलीय व्यवस्था हटाउनुपर्छ। हामीले जहाँ जे गर्नुपर्ने हो हामीले गर्छौं। कुनै चुक हुने छैन भनी प्रयास गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस

अवैध उत्खनन्को समाचा ...

सिरहाटाइम्स लहान फागुन २५ । गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा भइरहेको अवैध उत्खनन्को समाचार ...

लहानमा मुटु तथा मधुम ...

ओम प्रकाश यादव लहान,फागुन २५ । लहानमा मुटु तथा मधुमेह (चिनि) रोगको उपचारका लागि शहीद गंगालाल राष्ट्र ...

११५औ अन्तर्राष्ट्रिय ...

सन्जु कुमारी दास लाहान फागुन २५ । सिराहा सिरहाको विभिन्न पालिकामा विभिन्न कार्यक्रमहरू गरी ११५औ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१