Siraha Times
ताजा समाचार

मन्त्री सरोजकुमार यादवको अभिव्यक्तिप्रति प्रेस मञ्च नेपालको आपत्ति

  • फागुन २१, २०८१
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान फाल्गुन २१ । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको अभिव्यक्तिप्रति प्रेस मञ्च नेपालले गम्भीर ध्यानाकर्षण भएको छ । मंगलबार मैथिली विकास कोष जनकपुरधामको नवनिर्मित भवनमा आयोजित ललितकला प्रदर्शनी समारोहको उद्घाटन सत्रमा मन्त्री यादवले ‘योजना र विज्ञापन नदिए गलत लेखिदिने’ भन्ने आक्रोसपूर्ण अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्ति सो समारोहमा व्यापक चर्चा र आलोचनाको विषय बनेको थियो। 

जनकपुरधाममा कार्यरत पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरी मन्त्री यादवले दिएको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै प्रेस मञ्च नेपालले कडा प्रतिक्रिया जनाएको छ। प्रेस मञ्च नेपाल मधेस प्रदेशका उपाध्यक्ष रामहृदय यादवले जारी गरेको विज्ञप्तिमा मन्त्री पदमा रहेर प्रेस स्वतन्त्रताको अपमान हुने गरी धम्कीपूर्ण अभिव्यक्ति दिनु निन्दनीय रहेको उल्लेख गरिएको छ।

‘सञ्चारजगत् लोकतन्त्रको अभिन्न अंग हो, जसले समाजमा पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्रवद्र्धन गर्न सहयोग गर्दछ। कुनै पनि सार्वजनिक पदमा बसेर प्रेसमाथि दबाब सिर्जना गर्ने वा धम्की दिने कार्य लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ,’ उपाध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उक्त विज्ञप्तिमा मन्त्री यादवको अभिव्यक्तिले मर्यादित, जिम्मेवार र लोकतान्त्रिक शासन व्यवस्थाको मर्ममाथि आघात पुर्याउने उल्लेख छ। साथै, यदि कुनै पत्रकारले मन्त्रीसँग अनैतिक वा गलत व्यवहार देखाएको छ भने त्यसको पनि छानबिन हुनु आवश्यक रहेको प्रेस मञ्च नेपालले स्पष्ट पारेको छ।

स्वतन्त्र पत्रकारिताको सम्मान र संरक्षण सबै वर्गको साझा जिम्मेवारी रहेको भन्दै प्रेस मञ्च नेपालले मन्त्री यादवलाई आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१