जनता समाजवादी पार्टी नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न

  • फागुन २१, २०८१
  • ४६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान फाल्गुन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। बैठकमा विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको थियो। विशेषगरी भूमि सम्बन्धी अध्यादेश, विभागमा नयाँ सदस्य थप्ने र वन, वातावरण तथा विपद् व्यवस्थापन नीतिको सम्बन्धमा छलफल गरी निर्णय पारित गरिएको छ।

यस अवसरमा सहभागी नेताहरूले नेपालको पर्यावरणीय संकट र विपद् व्यवस्थापनमा सुधार ल्याउनका लागि ठोस कदम चाल्नु आवश्यक रहेकोमा जोड दिएका छन्। बैठकमा भूमि सम्बन्धी अध्यादेशको प्रभाव र यसका सम्भावित असरहरूको विषयमा गहन छलफल भएको थियो। साथै, जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागलाई अझ प्रभावकारी बनाउन नयाँ सदस्यहरूलाई समावेश गर्ने निर्णय गरियो। बैठकमा वन संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा पार्टीको भूमिका निर्धारण गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता पनि सबैतिर व्यक्त गरिएको थियो।

बैठकमा प्रमुख नेताहरूका साथै सचिव हन्सा साह, विज्ञ माधव प्रसाद देव, चन्देश्वर सदा, कोषाध्यक्ष सुरिता साह, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, र प्रदीप घाताली लगायतका नेताहरूको उपस्थिति रहेको थियो। बैठकको समापनपछि उपस्थित सबै नेताहरूले वन, वातावरण तथा विपद् व्यवस्थापनका मुद्दामा पार्टीको नीति बनाउन र प्रभावकारी कार्ययोजना ल्याउन प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१