अत्यधिक गर्मिका कारण जनजिवन कष्टकर,ज.मा.बि राजपुरमा दुई वालिका मुर्छित

  • असार १०, २०७६
  • १०८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम पुकार यादव असार १०, बिष्णुपुर । सिरहा लगायत मधेशमा यत्तिबेला प्रचण्ड गर्मी बढेको छ । आज अत्यधिक तापक्रमकै कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित ज. मा.बि राजपुरमा दुइ वालिका मुर्छित भएकी छिन । सोहि बिदालयका शिक्षक प्रदिप यादव र मोहन यादवले जनाएका छन । कक्षा ६ मा अध्यनरत छात्रा निसा सदा र खुश्वु सदा पढदा पढदै बढदो तापक्रमका कारण मुर्छित भएकी हुन ।यतिखेर मानविय जिवन लगायत जिव जनावर पा्रणि समेतको जिवन कष्टकर बन्दै गएको छ । हिजो सोमबार मात्रै तापत्र्रम ३७ डिग्री रहेको थियो भने, यहाँको तापक्रम ४०–४१ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । शनिबार यहाँको तापक्रम ४० दशमलव ३ डिग्री रह्यो । शुक्रबार ३९ दशमलव ५ डिग्री तापक्रम रह्यो । तापक्रम बढेसँगै आद्र्रता ५० देखि ६० प्रतिशत पुगेको स्थिति छ । गर्मी बढेलगत्तै लु चल्न थालेको छ । यहां सबैभन्दा बढी तापक्रम मापन भएको बताइन् । तापक्रम बढ्ने क्रम जारी रहेको स्थिति छ । सन् २०१४ को मे महिनाको ५ र १२ तारिखमा मधेशको तापक्रम ४३ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । ‘यस वर्ष पनि गर्मी सुरु भइसकेको छ । तर, पोहरको जस्तो अझै भएको छैन ।

गर्मी बढेसँगै यहाँको जनजीवन पनि नराम्ररी प्रभावित हुने गरेको छ । गर्मी बढेसँगै विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बन्न थालेको छ । लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ । अस्पताल र स्वास्थ्यचौकीमा बिरामीको चाप बढ्न थालेको छ । यतिखेर अत्यधिक तापक्रम बाट बच्ने उपाय तिर बिशेष ध्यान दिनु आवश्यक रहेको देख ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१