Siraha Times
ताजा समाचार

संघीयतालाई बदनाम गर्न केही संघीयता विरोधीहरुले गलत भाष्य निर्माण गर्दै : अध्यक्ष डा. राउत

  • फागुन २०, २०८१
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २० फागुन। जनमत पार्टी फेटा गाउँपालिका कमिटी बाराको आयोजनामा सोमबार बिशाल आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । फेटा बजारमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देशमा दुई दलिय व्यवस्था मान्य नहुने बताएका छन् । देशमा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो मात्र शासन चलाउन खोजेको आरोप लगाए । सयौं वर्ष देखि शासन र सत्ताको बागडोर सम्हाल्दै गाएका यी दुई दल पछिल्लो निर्वाचनबाट नयाँ दलले प्राप्त गरेको मतबाट त्रसित भएर ०८४ को निर्वाचनमा साना–साना दललाई राज्यको पहुँचबाट टाढा राख्न खोजेको दाबी गरे । उनले संघीयतालाई बदनाम गर्न केही संघीयता विरोधीहरुले गलत भाष्य निर्माण गरेको बताए ।

पहिले गाउँघरमा हिलो हुने गरेकोमा संघीयताकै कारण अहिले गाउँ–गाउँमा सडक ढलान भइरहेको उनले बताए । मधेशमा दलित, मुस्लिम, मुसहरसित भूमि नभएको बताउँदै पहाडबाट लाखौं मानिसलाई ल्याएर भूमि बाँड्ने र ३५ लाख मानिसलाई लालपुर्जा दिने पनि षड्यन्त्र भइरहेको राउतको भनाइ थियोे । उनले प्रदेश सरकार सँग प्रहरी नभएकाले सिरहाकी बलात्कार पीडित रिंकु सदाले न्याय पाउन नसकेकोले प्रदेश सरकारलाई अधिकार दिनुपर्ने माग गरे । देशमा काम गर्नको लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रपति हुनुपर्ने कुरामा राउतले जोड दिएका थिए ।

सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत पार्टीको आफ्नै बहुमतको सरकार नभएको हुँदा अपेक्षित काम गर्न नसकेको बताए । उनले आगामी निर्वाचनमा जनमतलाई दुई तिहाईको बहुमत दिएर पठाएमा मधेशको कायापलट गर्ने दाबी गरे । मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा स्वास्थ्यको अवस्था सुधारका लागि प्रदेश भरी रहेका निजि अस्पतालको अनुगमनलाई प्रदेश सरकारले तिव्रता दिएको बताए । बाँकी अनुगमन जस्तौ सोचेर निजी अस्पतालहरुले अटेरी गरे, सरकारको निर्देशनको पालना नगरे कडा कारवाही गर्ने चेतावनी दिए ।

सो पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी युवा नेता उमेश दुवेको नेतृत्वमा करिब ३२५ जनाले जनमत पार्टी प्रवेश गरे । नेकपा एमाले, काँग्रेस, जसपा, जसपा नेपाल परित्याग गरी जनमतमा प्रवेश गरेका नवप्रवेशीहरुलाई अध्यक्ष डा. सिके राउत, मुख्यमन्त्री सतिश कुमार सिंह लगायतका अतिथिहरुले टिका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

जनमत पार्टी फेटा गाउँपालिका अध्यक्ष नवल पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सदस्यहरु ओमप्रकाश साह, सुनिल यादव, रौशन खातुन, रामबाबु साह, प्रभुनाथ प्रसाद पटेल, कामेश्वर यादव, शिवनाथ पटेल, सुरेश साह, हरि राउत कुर्मी, बिजय गुप्ता, रम्भा देवी साह, राजकुमार साह, कार्तिकदेव पाण्डेय, राजु साह, बिनोद कुमार यादव, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ लगायत स्थानियवासीको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१