Siraha Times
ताजा समाचार

हत्यारालाई फाँसी दे, दोषीलाई कारबाही गर: रिंकुकुमारी सदाको न्यायको माग गर्दै लहानमा विशाल प्रदर्शन

  • फागुन १६, २०८१
  • ७५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, फागुन १६ । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा न्यायको माग गर्दै मुसहर समुदायले शुक्रबार लहान बजारमा विशाल प्रदर्शन गरेका छन्। घटनाको २० दिन बितिसक्दा पनि प्रहरी प्रशासनले आरोपितलाई पक्राउ नगरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीहरूले 'हत्यारालाई फाँसी दे, दोषीलाई कारबाही गर, दलितमाथिको दमन बन्द गर' जस्ता नारा लगाउँदै न्यायको माग गरेका थिए।

मुसहर समुदायका हजारौको सहभागिता रहेको उक्त प्रदर्शन दिनको २ बजेदेखि लहानको मुख्य चौकमा सुरु भएको थियो। प्रदर्शनकारीहरूले प्रहरी प्रशासनले घटनालाई गम्भीर रूपमा नलिएको आरोप लगाउँदै सरकारको निष्क्रियता विरुद्ध आक्रोश पोखेका थिए। प्रदर्शनलाई थप प्रभावकारी बनाउन उनीहरूले एक घण्टासम्म पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए। प्रदर्शनका कारण लहान बजारमा यातायात ठप्प भएको थियो भने सर्वसाधारणले असहजता भोग्नुपरेको थियो। स्थानीय प्रशासन र प्रहरी टोलीले प्रदर्शनकारीहरूलाई सम्झाउने प्रयास गरे पनि उनीहरू न्याय नपाएसम्म आन्दोलन जारी राख्ने अडानमा थिए।

कार्यक्रम संयोजक अरुण सदाय र उप-संयोजक संगीता सदायले घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखे। उनीहरूले भने, "हाम्रो छोरीको रहस्यमय मृत्यु भएको २० दिन भइसक्यो। तर, अहिलेसम्म अपराधीहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको छैन। यसरी नै अन्याय सहेर बस्न सकिँदैन। यदि सरकार र प्रशासनले न्याय दिन सकेन भने हामी अझ सशक्त आन्दोलन गर्छौं।"

प्रदर्शनमा सहभागी स्थानीयबासीहरू पनि निकै आक्रोशित देखिन्थे। उनीहरूले प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। "हामी दलित भएकै कारण प्रहरी प्रशासन हाम्रो आवाज दबाउन खोज्दैछ। यदि न्याय नपायौँ भने अझ ठूलो आन्दोलन गर्छौं।" प्रदर्शनपछि सिरहा जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ। प्रहरी प्रमुखका अनुसार, "घटनाको अनुसन्धान चलिरहेको छ। प्रमाणहरूको संकलन भइरहेको छ, सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा ल्याइनेछ।"

रिंकुकुमारी सदाको रहस्यमय मृत्युले दलित समुदायमा असुरक्षा र आक्रोश पैदा गराएको छ। उनीहरू न्यायका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। यदि चाँडै न्याय नपाइएमा यो आन्दोलन अझ सशक्त बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१