Siraha Times
ताजा समाचार

किशोरी संजालको अगुआईमा, रींकु सदालाई न्यायका लागि दबाव रैली

  • फागुन १६, २०८१
  • ८०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान, फागुन १६ । नगर स्तरीय किशोरी संजाल गोलबजारको आयोजनामा र मुक्ति नेपाल गोलबजार र महिला मानव अधिकार रक्षक संजाल सिरहाको समन्व्य र सहकार्यमा हत्या बलात्कार र जातिय छुवाछुत विरुद्धको दबाव रैली गुम्बा चैक देखि सुरु भई गोलबजारको परिक्रमा गरी गोलबजारको मुख्य चौकमा पुगि कोण सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा किशोरी संजाल गोलबजारकी किशोरीहरु, विभिन्न किशोरी समुहकी किशोरीहरु, बालक्लबका किशोर किशोरीहरु, महिलामानव अधिकार रक्षकहरु, महिला, युवा मुक्ति नेपालका शान्ति स्वयमसेवकहरु, कर्मचारीहरु, लगायत दुई सय भन्दा बढी व्यक्तिको सहभागितामा सम्मपन्न कार्यक्रममा बोल्दै वक्ताहरुले अहिलेको जल्दो बल्दो विषय रीकु सदाको बलात्कार पछि हत्याको घटनामा दोसी खुलेआम घुमी रहेको र दोषीलाई बचाउने सडयन्त्र विभिन्न निकाय बाट भई रहेको, र प्रहरी प्रसासन पनि मौन बसेकोले हामी सडकमा उतर्न बाध्य भएको बताएका थिए । 

हाम्रो गाँउ समाजमा यस्ता घटनाहरु कती धेरै घटी रहको हुन्छ, रींकुको घटनामा जस्तै अरु ठाउमा पनि मिलाउने प्रयास सामाजका पंचहरुले गर्ने गर्छन । यो कतै न कतै जातिय रुपमा पनि विभेदीत देखिएको छ । यही ठाउमा यदी रींकुको ठाउमा कुनै कथित उपल्लो जात छोरी चेली भएको भए र अपराधी कुनै तल्लो जात का भएको भए तेही समाजका व्यक्तिहरु ज्यानै ली सकेको हुन्थ्यिो र प्रहरी प्रसासन पनि जोर सोरले चासो राखेको हुन्थियो । तर आज एउटा सदाको छोरी भएरै यसरी अन्यायमा परेको भन्न कुनै दुमत छैन होला जस्तो लाग्छ एक जना किशोरी संजालकी बहिनीको भनाइ थियो । 

त्यस्तै हामी महिला दलित कहीले सम्म न्याय माग्न सडकमा उतरी रहने ? आज एउटा चेली संग यस्तो घटना भएको छ भोली अर्को चेली पनि यस्तो पिडाको सिकार हुन सक्छ त्यसैले दोसीलाई हदै सम्मको कारर्वाइ गरी न्यायको अनुभुति गराउन सम्बन्धित सबै निकाय र सरोकारवालाहरुलाई आग्रह गर्दै हत्या, हींसा, बलात्कार जस्ता घटनामा कुनै प्रकारको समझौता न गरी निश्पक्ष छानबीन गरी छीटो भन्दा छीटो कानुनको दायरामा ल्याइ न्याय दीलाउन मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१