मेयरको लापरबाही विरुद्ध शिक्षक आन्दोलित, हजारौं विद्यार्थी पढ्नबाट बञ्चित

  • असार १०, २०७६
  • ६१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम असार ८ गते : धनुषाको विदेह नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक ‘पेन डाउन’ गरेपछि पठन पाठन अवरुद्ध बनेको छ । विगत ६ महिनादेखि तलब नदिएको भन्दै शिक्षकहरु ‘पेन डाउन’ गरेका हुन् । गर्मीका कारण बन्द भएको विद्यालय आइतबार खुलेपछि शिक्षकहरु ‘पेन डाउन’ आन्दोलन सुरु गरेका छन् । शिक्षकहरु कक्षामा नगएपछि पढ्न आएका विद्यार्थीहरु आईतवार जस्तै सोमवार पनि त्यतिकै घर फर्किन बाध्य भए । तलब निकासा नगरेसम्म आन्दोलन जारी राख्ने शिक्षकहरुले बताएका छन् । यहाँका मेयर बेचन दासले कमिशन मागेको र नदिएपछि शिक्षकको तलब, विद्यार्थीको छात्रबृति र विभिन्न निकायबाट आएका करोडौंको योजना रोकेको प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । मेयर दासले शिक्षकहरुको माग पुरा गर्ने प्रतिवद्धता धनुषाका प्रमुख जिल्ला अधिकारी अगाडी गरेपछि बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य बनेको उनले बताए । यसअघि पनि शिक्षकहरु आन्दोलन गरेका थिए । त्यसपछि विद्यार्थीहरु मेयर दासविरुद्ध आन्दोलन समेत गरे । यतिसम्म कि नगरपालिकामै तालाबन्दी पनि विद्यार्थीहरुले गरेका थिए । तरपनि मेयर दास मौन बसेका छन् । जसका कारण हजारौं विद्यार्थी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१