ताजा समाचार

मेयरको लापरबाही विरुद्ध शिक्षक आन्दोलित, हजारौं विद्यार्थी पढ्नबाट बञ्चित

  • असार १०, २०७६
  • ७४५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम असार ८ गते : धनुषाको विदेह नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक ‘पेन डाउन’ गरेपछि पठन पाठन अवरुद्ध बनेको छ । विगत ६ महिनादेखि तलब नदिएको भन्दै शिक्षकहरु ‘पेन डाउन’ गरेका हुन् । गर्मीका कारण बन्द भएको विद्यालय आइतबार खुलेपछि शिक्षकहरु ‘पेन डाउन’ आन्दोलन सुरु गरेका छन् । शिक्षकहरु कक्षामा नगएपछि पढ्न आएका विद्यार्थीहरु आईतवार जस्तै सोमवार पनि त्यतिकै घर फर्किन बाध्य भए । तलब निकासा नगरेसम्म आन्दोलन जारी राख्ने शिक्षकहरुले बताएका छन् । यहाँका मेयर बेचन दासले कमिशन मागेको र नदिएपछि शिक्षकको तलब, विद्यार्थीको छात्रबृति र विभिन्न निकायबाट आएका करोडौंको योजना रोकेको प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । मेयर दासले शिक्षकहरुको माग पुरा गर्ने प्रतिवद्धता धनुषाका प्रमुख जिल्ला अधिकारी अगाडी गरेपछि बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य बनेको उनले बताए । यसअघि पनि शिक्षकहरु आन्दोलन गरेका थिए । त्यसपछि विद्यार्थीहरु मेयर दासविरुद्ध आन्दोलन समेत गरे । यतिसम्म कि नगरपालिकामै तालाबन्दी पनि विद्यार्थीहरुले गरेका थिए । तरपनि मेयर दास मौन बसेका छन् । जसका कारण हजारौं विद्यार्थी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤