Siraha Times
ताजा समाचार

लामो रस्साकस्सीपछि लहान नगरपालिकाका मेयर र संघर्ष समितिबीच समझदारी

  • फागुन १५, २०८१
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,फागुन १५ । लामो रस्साकस्सीपछि लहान नगरपालिकाका मेयर महेश चौधरी र खुट्टी नहर सिंचाई संघर्ष समिति बीच समझदारी कायम भएको छ। संघर्ष समितिको निरन्तर आन्दोलनका कारण लहान क्षेत्रको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव प्रभावित भएको भन्दै नगरपालिका र समितिले संयुक्त बैठक गरी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

2eaa8b47-94f1-497c-9e6b-2f064929b5e1

बिहीबार जिल्ला प्रशासन कार्यालय सिराहामा भएको बैठकमा दुवै पक्षबीच छलफल भएपछि सम्झौतामा हस्ताक्षर भएको हो। उक्त सम्झौताअनुसार, लहान नगरपालिका क्षेत्रभित्र निर्माणाधीन खुट्टी खोला सिंचाई नहर खुला रूपमा निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहको लगानी जुटाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, हाल भईरहेको नहरमा ढल निर्माण कार्यलाई स्थगित गर्ने तथा ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय गरिएको छ।

2eaa8b47-94f1-497c-9e6b-2f064929b5e1 2

त्यसैगरी, नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा सबै पक्षको सहयोगमा जग्गा खाली गराउने कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको छ।

संघर्ष समितिले पनि सम्झौतापछि आफ्ना सम्पूर्ण आन्दोलन तथा विरोधका कार्यक्रम स्थगित गर्ने सहमति जनाएको छ। संघर्ष समितिका संयोजक धर्मराज चौधरीका अनुसार, यस सम्झौतासँगै लहान क्षेत्रको सामाजिक सद्भाव पुनः स्थापित हुने विश्वास गरिएको छ। स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूबीचको समझदारीपछि लहान क्षेत्रको शान्ति सुरक्षामा सुधार आउने तथा स्थानीय किसानहरूका माग सम्बोधन हुने अपेक्षा गरिएको छ।

नगरपालिकाका मेयर महेश चौधरीले यस सहमति कार्यान्वयनमा कुनै पनि ढिलाइ हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले नगरपालिकाले किसानहरूको हितलाई ध्यानमा राख्दै काम गर्ने र दीर्घकालीन रूपमा सिंचाइ समस्याको समाधान खोज्ने बताएका छन्। सम्झौतासँगै लहान क्षेत्रको अवस्था सामान्य बन्ने र जनजीवन सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१