दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्टद्वारा समुद्घाटन

  • फागुन १४, २०८१
  • ५५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु फागुन १४ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ। 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले उपस्थित सम्पूर्ण लाई स्वागत गर्दै प्रहरी संग हातेमालो गरेर मन्दिर निर्माणमा सहयोग गर्नु भएका सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रहरीले सामाजको सुरक्षाका साथ साथै सामाजिक, सांस्कृतिक धार्मिक सहिष्णुता कायम राख्नमा समेत प्रहरी हरू सधै तत्पर रहने बताए। 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले निकै प्रयास पछि आज मन्दिरले पूर्णता पाएको प्रति सम्पूर्ण सहयोगी हरूलाई धन्यवाद व्यक्त गर्दै स्थानीयका लागि समेत पूजा पाठ गर्न सजिलो हुने बताए। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दुर्गा भवानीको मन्दिर निर्माणमा हातेमालो गर्नुभएका सम्पूर्ण लाई धन्यवाद दिदै प्रहरी चौकीको मर्मत सम्भारका लागि बजेट छुट्याउने बताए। कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भटृले मन्दिर निर्माणमा स्थानीय व्यक्ति हरूको हातेमालो रहेको बताउदै सम्पूर्ण सहयोगी हात हरूलाई धन्यवाद दिनुभयो।

दुर्गा भवानीको मन्दिर निर्माणमा सहयोग गरेका लाई सम्मान समेत गरिएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्द तथा प्रहरी चौकी पत्थरदेइयाका सहायक प्रहरी निरिक्षक मनिराम यादवको कार्यकालमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा राम नरेश पुरी, रबि पाण्डेय लगायत स्थानीय भद्र भलादमी हरूको बाक्लो उपस्थित रहेको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरकी प्रहरी सहायक निरिक्षक सृजना पुरीले कार्यक्रम संचालन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१