Siraha Times
ताजा समाचार

प्रेस मञ्च नेपालको केन्द्रीय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने

  • फागुन ९, २०८१
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर फागुन ९। प्रेस मञ्च नेपालको केन्द्रीय महाधिवेशन जनकपुरधाममा हुने भएको छ । मञ्चको बिहीबार जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी बैशाख ६ र ७ गते महाधिवेशन हुने जनाएको छ ।

बैठकले महाधिवेशनका लागि फागुन मसान्तभित्र सदस्यता वितरण, चैत्र १५ गते भित्र जिल्ला अधिवेशन र चैत्र मसान्त सम्म प्रदेश अधिवेशन सम्पन्न गर्नु पर्ने निर्णय गरेको छ ।जनता समाजवादी पार्टी नेपालले भातृ तथा शुभेच्छुक संगठनहरुलाई बैशाख २२ गतेभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गरेको परिपत्र अनुसार शुभेच्छुक संगठन रहेको प्रेस मञ्च नेपालले पनि महाविधेशन गर्न लागेको हो ।

मञ्चका कार्यवाहक अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं बौद्धिक पेशाकर्मीका इन्चार्ज डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, जसपा नेपाल केन्द्रिय प्रचार विभाग सदस्य एवं प्रेस मञ्च नेपालका संस्थापक आतिश मिश्र, मञ्चका प्रदेश अध्यक्ष अभरेन्द्र यादव, उपाध्यक्ष एवं जसपा नेपाल मधेस प्रदेशका प्रचार प्रसार तथा प्रकाशन विभाग सदस्य रामहृदय यादव, महासचिव बन्दना झा, कोषाध्यक्ष माला राय लगायत मञ्चका मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला अध्यक्ष तथा सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१