Siraha Times
ताजा समाचार

अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

  • फागुन ८, २०८१
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फाल्गुन ८ । जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन प्रति पार्टीले एक विज्ञप्ति मार्फत हार्दिक सम्बेदना व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य एवं पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डे ज्यू को हिजो रातीअसामयिक निधन भएको खबरले जनता प्रगतिशील पार्टी अत्यन्तै मर्माहित भएको छ र गहिरो दुःख व्यक्त गर्दछ ।

मृदयुभाषी, मिलनसार र सरल स्वभावले कपिलवस्तु जिल्लामा संगठन विस्तारमा उहाँको अतुलनीय योगदान सधै सम्झनामा रहनेछ। यस कठिन समयमा शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठीको हस्ताक्षरित विज्ञप्ति मार्फत भावपूर्ण समवेदना व्यक्त गरिएको छ। मधेश आन्दोलनका अगुवा समेत रहेका पाण्डेयको असमाहिक निधन प्रति पार्टी तथा शुभेच्छुक हरू मर्माहित रहेको जनता प्रगतिशील पार्टी नेपालका महासचिव ईश्वर दयाल मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१