Siraha Times
ताजा समाचार

लहान नगरपालिकामा ७५ औं प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

  • फागुन ८, २०८१
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फागुन ८ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा लहान नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। नगर प्रमुख महेश चौधरीको नेतृत्वमा आयोजित कार्यक्रममा नगरवासी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, नेपाल निर्माण व्यवसायी संघका विकास सरदा तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

नगर प्रमुख चौधरीले लहानले शहीद चौकमा मैनबत्ती प्रज्वलन गर्दै प्रजातन्त्र स्थापनाका लागि सहादत दिने शहीदहरूप्रति श्रद्धासुमन अर्पण गरे। उहाँले आफ्नो सम्बोधनमा लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानलाई सम्झनु पर्ने बताउँदै वर्तमान पुस्ताले शहीदहरूको सपना साकार पार्न योगदान गर्नुपर्नेमा जोड दिए।

यस अवसरमा नगर प्रमुख चौधरीले नगरपालिकाले लोकतन्त्रको मुल्य, मान्यताको रक्षा गर्दै नागरिक सेवामा प्रतिबद्ध रहेको उल्लेख गरे। कार्यक्रम अन्त्यमा उपस्थित सहभागीहरूले देशको समृद्धि, सुशासन र सामाजिक सद्भावको कामना गर्दै दीप प्रज्वलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१