ताजा समाचार

सिरहामा चोरीको आरोपमा पक्राउ परेकी महिला प्रहरी हिरासत भित्रै मृत अवस्थामा फेला

  • असार ९, २०७६
  • ९५२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिरहा ९ असार । लहानबाट करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएकी ठाकुरको शव आइतबार बिहान करिब सवा ७ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । सिरहाकोसखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्थामा भेटिएकी हुन । उक्त महिलाले बिगत केहि महिना पहिला पनि दुई छोटि चोरीको मुद्दामा पक्राउ परेको थिए । उक्त महिला धरोठिमा छुटेकाे हो । मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । एक महिलाको मोवाइल चोरी गरेको आरोपमा उनी शनिबार साँझपख लहान बजारबाट पक्राउ परेकी थिइन् । हिरातसतमा झुण्डिएर महिलाको मृत्यु भएपछि आइतबार बिहान प्रहरी उपरीक्षक चतुर्वेदीसहित इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सखुवानन्कारकट्टी गाउयँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव, वडाध्यक्षहरु महेशबारी प्रहरी कार्यालयमा पुगेका थिए । शव भेटिएपछि जनप्रतिनिधि,मावनअधिकारकर्मीको रोहवरमा घटनास्थल प्रकृति मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक ल्याइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।लहान प्रहरीको हिरासतमा ठाउँ अपुग भएपछि महिला प्रहरीसहित बैंकिङ्ग कसुर आरोप लागेकी महिलासँगै ठाकुरलाई पनि महेशबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा अर्की महिलासँगै सुतेकी ठाकुर बिहान करिब ६ बजेतिर उठेपछि शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले पहिलो पतिसँग सम्बन्धविच्छेद गरी स्थानीय लक्ष्मण ठाकुरसँग करिब पाँच वर्षअघि दोस्रो विवाह गरेकी थिइन् । पहिलो पतिपट्टि एक छोरा भएपनि बाबुसँगै बस्दै आएका छन् । लहानस्थित एक मोवाइल बिक्री गर्ने पसलमा मोबाइल बेच्ने क्रममा लहान प्रहरीले ठाकुरलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेका थिए । पक्राउ परे लगत्तै लहान प्रहरीको हिरासतमा पुर्याइएकी ठाकुर र बैंकिङ्ग कसुरको मुद्दामा काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलासँगै राखिएको थियो । ठाकुरले दोस्रो विवाह गरेपछि पतिसँग कल्याणपुर र लहानमा डेरा लिएर बस्दै आएकी हुन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤