भगवतीपुर तामासुइयामा सामूहिक बलात्कृतपछि आत्महत्या

  • फागुन ५, २०८१
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान ५ फागुन ।  सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाका एक दलित समुदायकी किशोरी सामूहिक बलात्कृत भएपछि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । सामूहिक बलात्कारको घटनामा स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा उल्टै धम्की दिएपछि आत्महत्या गरेकी परिवारजनका भनाई रहेका छन् ।  किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए। पञ्चहरुले आफ्नी छोरीलाई नयाँ नदिएको र आरोपीहरुबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय दिएको भोलिपल्ट छोरीले आत्महत्या गरेको उनले बताइन्। 

उनका अनुसार गत माघ २६ गते १७ वर्षीया रिकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो। शौचालय गएकी उनलाई तीन युवाले अपहरण शैलीमा उठाएर लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि ती युवाहरुले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेका थिए । होसमा आएपछि सोधपुछ गर्दा उनले तीन जनाले आफूलाई बाँसघारीमा लगेर जबरजस्ती गरेको बताएको रिंकुकी आमाले जानकारी दिइन् । उनले भोलिपल्टै छरछिमेकलाई घटनाबारे जानकारी दिए टोलमै पञ्चायत बसेको थियो । पञ्चायतमा आरोपीहरु टिंकु मण्डल, चन्दन साह र रमेश मण्डल तथा तीनै जनाका अभिभावकहरुलाई पनि बोलाइएको थियो । 

'पञ्चायतमा पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै उल्टै पीडितलाई धम्काए', किशोरीकी आमाले र्भानन, 'पञ्चायतले तीनै आरोपीले १ लाख ४० हजार जरिवाना तिर्ने निर्णय दियो । पञ्चको निर्णय हामीलाई स्वीकार्य भएन ।' छोरीले पनि पञ्चायतको निर्णयको प्रतिवाद गरेको उनले बताइन् । पञ्चायत भएको केही घण्टामै किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनालाई अगाडि नबढाउन गाउँका सबैले दबाब दिएको किशोरीकै भाउजूले बताइन् । उनले भनिन्, 'बलात्कारगा संलग्नहरुलाई १ लाख ४० हजार जरिवाना गर्ने निर्णय पञ्चायतबाट भयो। हामीले त्यो रुपैयाँ पनि लिएको छैन । बिहान पञ्चायत भयो । सांझ मेरो नन्दीले आत्महत्या गरिन् ।

त्यस्तै मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ। घटनास्थलबाट सोही दिन प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पुऱ्याएको थियो, तर त्यहाँ पोष्टमार्टम गरिएन । पीडित परिवारले सामूहिक बलात्कार भएकाले विस्तृत अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेको छ । त्यसपछि प्रहरीले शव पोष्टर्माटमका लागि धरान पठाएको छ। तीन दिन भइसक्दा पनि शव परिवारले बुझेको छैन। घटनाका आरोपीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । उनीहरुले बलात्कार मुद्दा लगाउनुपर्नेगा पहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको भन्दै आपत्ति जनाएका छन ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु सोतीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएर घटनाको अनुसन्धान भइरहे को जानकारी दिए । परिवारले सामूहिक बलात्कार भएको बताए पनि अनुसन्धान नभई त्यसबारे केही भन्न नसकिने उनले बताए । सामूहिक बलात्कार भएको भन्ने कुरा अनुसन्धानको विषय भन्दै डीएसपी सोतीले पोष्टगाटंग नभइसकेकाले सामूहिक बलात्कार भन्न नमिल्ने बताए।

प्रतिक्रिया दिनुहोस

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

औषधी ऐन २०३५ को दफा ...

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१